Sponser

CoinBulb

Monday, 12 February 2018

"राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल" नै किन ? - पावल गौतम परियार



👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल ख्रीष्टियन समुदायका हक अधिकार र अस्तित्व पहिचान स्थापित गर्दै परमेश्वरको राज्य विस्तार र महिमाको लागि हो ।
👉🏻देशभरका मण्डलीहरुको नीतिगत व्यवस्था गराई पवित्र धार्मिक स्थल स्थापित गराउने ।
👉🏻मण्डलीहरुमा कुनै समस्या र वाधा व्यवधान भएमा समन्वय र सहजीकरण गर्दै सुरक्षाकर्मीको भुमिका निर्वाह गर्ने । (जस्तै, चरिकोट र सल्यान लगायतका घटनाहरुमा अग्रणी भुमिका निर्वाह गर्दै छुटकाराको काम गरिएको थियो ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कुनै धर्म प्रचार गर्दैन तर सुसमाचार प्रचार गर्ने काम गर्छ ।
👉🏻ख्रीष्टियन समुदायको सामाजिक व्यवस्थापनको लागि नीतिगत व्यवस्था मिलाउने ।
👉🏻 आर्थिक व्यवस्थापनको लागि नीतिगत व्यवस्था मिलाउने ।
👉🏻नागरिकको धार्मिक अधिकार सुनिश्चित गर्नको लागि नीतिगत व्यवस्थापन गराउने ।
👉🏻 ख्रीष्टियन समुदायको धार्मिक हक अधिकारको सुनिश्चितता एवं उत्थान र विकासको लागि राष्ट्रिय ख्रीष्टियन आयोग गठन गरी आवश्यक कार्य गर्ने ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कुनै सामाजिक काम गर्ने होइन तर मण्डलीहरुलाई बलियो बनाउने, तालिमहरु दिने र सामाजिक चेतना बढाउन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने काम गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सुसमाचार सुनाउने कामलाई सहज बनाउने र उचित व्यवस्था मिलाउने काम गर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पास्टर अभिषेक गर्ने काम र मण्डली खडा गर्ने काम महासंघले गर्दैन तर मण्डलीलाई सहयोगी भुमिकाको लागि आवश्यक समन्वय गर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मण्डलीहरुको पहिचान र अस्तित्वलाई स्थापित गर्ने काम गर्छ ।
👉🏻ख्रीष्टियन समुदायको मृत्यु संस्कारको लागि नीतिगत व्यवस्था मिलाई व्यवस्थापन गर्ने काम गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पेशागत रुपमा सामाजिक काममा कुनै योजना सहित काम गर्दैन । तर कुनै ठाउँमा आपत विपत आएको खण्डमा मात्र यसले कर्तव्य सम्झि समन्वय र सहजीकरण गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले धार्मिक क्षेत्रमा नीतिगत व्यवस्थापन गर्ने, स्वतन्त्र गुठीको व्यवस्था गर्ने र सबै मण्डलीहरुलाई राज्यबाट समान ढंगबाट छुट्याउने बजेट छुटटयाउन लगाउदै समान व्यवहार गर्न लगाउने यो चाहिँ मुख्य महासंघको मुल उदेश्य भित्र पर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको यो नितान्त मानवअधिकारको क्षेत्रमा सम्बन्धित मण्डलीहरुलाई सुसमाचारको लागि सहज वातावरण बनाइदिने काम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको काम हो ।
👉🏻राष्ट्रिय मानवअधिकार आयोग एउटा आयोग हो भने महासंघ विभिन्न संस्थाहरु मिलेर बन्छ र जुन सरकारले बन्द गर्न पाउँदैन ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टियन समुदायमाथि लगाइएका झुठा आरोपहरुको खण्डन गर्ने काम गर्छ साथै सत्य र वास्तविक कुराहरुको समुदायलाई सुसुचित गराउँछ ।
👉🏻 ख्रीष्टियन समुदायले पुरयाएको सामाजिक योगदानको सम्मान र सामाजिक सम्पतिहरुको संरक्षण गर्छ । जस्तै, शिक्षा, स्वास्थ्य लगाएतका सामाजिक विकाससँग सम्बन्धित निकायहरु जस्तै मिशन अस्पताल, शिक्षण संस्था लगायतका सामाजिक पक्षहरुको संरक्षण, सम्र्बद्धन र समन्वय गर्ने काम गर्छ ।
👉🏻 राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा हुने सहयोगहरुलाई आवश्यक सहज वातावरण सिर्जना गर्ने ।
👉🏻ख्रीष्टियन समुदायमा संरक्षणकारी भुमिका निर्वाह गर्छ तर कुनै विभेद गर्दैन (झुठा शिक्षा वाहेक)
👉🏻ख्रीष्टियनहरुको महान पर्वहरु राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने । जस्तै, ख्रीष्टिमस पर्वलाई राज्यबाट राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा कायम भएको छ ।
👉🏻ख्रीष्टियन संघसंस्थाहरुलाई एक धार्मिक संस्थाको रुपमा स्थापित गराउँदै कर मुक्त र सहज वातावरण सिर्जना गर्ने ।
कायम गराउन बाँकी विदाहरु 
ख्रीष्टमस इभ
 पुनरुत्थानको दिन (इष्टर सण्डे)
गुड फ्राइडे लगायतका पर्वहरु रहेका छन् ।
नेपालमा ५ वटा संघहरु छन् ।
👉🏻१. नेपाल उद्योग वाणिज्य महासंघ
👉🏻२. नेपाल पत्रकार महासंघ
👉🏻३. नेपाल जनजाति महासंघ
👉🏻४. गैरसरकारी संस्था महासंघ नेपाल
👉🏻५. राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल
हजारौँ भन्दा बढि मण्डली समुहहरु तथा ख्रीष्टियन संघसंस्थाहरु आवद्ध रहको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हो । 
संस्था भनेको जुन जिल्लामा दर्ता भयो त्यहि जिल्लामा मात्र आफनो कर्तव्य पुरा गर्नुपर्ने हुन्छ भने महासंघहरु चाहिँ गृह मन्त्रालयको अनुमतिमा दर्ता भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा स्थानिय सरकारलाई जानकारी दिएर काम गर्न पाउँने व्यवस्था छ । 
यसले विश्वभर छरिएर रहेको नेपाली भाषी मण्डलीहरुको समन्वय गर्दै एकै सुत्रमा बाँध्ने काम गर्छ । 
यसको संरचनाहरु 
१. केन्द्रिय समिति
२. प्रादेशिक समिति
३. जिल्ला समिति 
४. स्थानिय समिति 
५. अन्तराष्ट्रिय क्षेत्रमा सद्भावदुत र सम्पर्क समितिहरु रहेका छन् ।

No comments:

Post a Comment

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष...