Sponser

CoinBulb

Monday, 19 February 2018

मुस्लिमलाई सुसमाचार सुनाएको आरोपमा मलेशियन पाष्टर अपहरणमा


मुस्लिमलाई सुसमाचार सुनाएको आरोपमा मलेशियन पाष्टर अपहरणमा, (श्रीमतीद्धारा अपहरित पतिलाई तुरुन्तै मुक्त गर्न प्रार्थना सहित आग्रह)

हामी सबै मिलेर यसपरिवारको लागि प्रार्थना गरौँ, र कारागारबाट छुटकारा हुनको लागि....

७ फागुन | मलेसियामा मुस्लिम व्यक्तिलाई सुसमाचार सुनाएको आरोपमा रेमण्ड को नाम गरेका पाष्टरलाई नकावधारी व्यक्तिहरुले करिव एक बर्ष अगाडी अपहरण गरेकामा हालसम्म पनि उनलाई मुक्त गरेका छैनन् । उक्त मामला बारेमा अनुसन्धान कार्य अगाडी बढ्न नसकेपछि उनकी श्रीमतीले आफ्नो पतिलाई रिहाई गर्न आग्रह गरेकी छन् ।

च्यानल न्यूज एशियाका अनुसार उनले श्रीमतीले यो चाईनिज नया बर्षमा पति रेमण्ड मुक्त हुने र परिवारमा मिलन हुने आशा गरेकी छन् । उनले भनिन् आमाले छोरालाई नभेटेको एक बर्ष भैसकेको छ ।

पाष्टर को लाई पेटालिगं जया स्थित उनैको घर नजिकबाट गत वर्ष फ्रेजुवरी महिनाको १३ तारिकमा अपहरण गरिएको थियो । अपहरणपछि अपहरणकारीलाई नखोजी प्रहरीले झन पाष्टरले मुस्लिमहरुलाई क्रिश्चियानिटी प्रचार गरेको पो छ कि भनेर खोजी गरेको छ ।

सिसिटिभी फुटेज अनुसार करिव दुई मिनेटमै पाष्टर अपहरणमा परेका थिए । अधिकारीहरुका अनुसार अपहरणपछि अहिलेसम्म कुनै रकमको माग गरिएको छैन । अपहरणपूर्व उनलाई मुस्लिमलाई प्रचार गरेको आरोप लगाउदै इमेल आएको थियो ।

मुस्लिम बाहुल्यता भएको देश मलेसियाको संबिधानमा धार्मिक स्वतन्त्रता भए पनि मुस्लिम व्यक्तिहरुलाई नन् मुस्लिमहरुले प्रचार गर्न निषेध गरेको छ । द स्टार पत्रिकाको अनुसार यस अपहरणको बारेमा मानव अधिकार सस्थाले पनि अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म के के भईरहे छ भन्ने केही कुरा पनि थाह हुन नसकेको हुनाले परिवार निकै कष्ट र चिन्तामा परिरहेका छन् । उनीहरुलाई अझै पनि आशा छ, तर उनीहरुलाई यो यस्तो अबस्थाबाट उनीहरुको आशा कुच्चिने पो हो कि भन्ने शंका छ ।

गत जनवरी महिनामा नै प्रहरीले पाष्टर को को चालक लाम चागंलाई पैसा दिएर छुटाउन खोजेको आरोपमा पक्राउ गरेको थियो तर अहिले फेरी चालक अपहरणमा सामेल भएको आरोप समेत लगाएईको छ ।

पाष्टर को को परिवारको नजिकको साथीका अनुसार प्रहरीले अपहरणकारीबारे जानकारी भएपनि यो कुरा लुकाई राखेको छ । उनीहरुलाई के भएको भन्ने सबै कुरा थाह छ । (साभारhttps://lalpost.com/?p=279 )

No comments:

Post a Comment

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष...