धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष्ट, हेला, खेदो र सतावट खेप्नुपर्यो। गाउँलेले पानी वारे। छिमेकीले पैसामा बेचिएको भने। आफन्तले नाता नै तोडे। कतिलाई त गाउँबाटै लखेटियो, कतिलाई सरकारले नै जेल हाल्यो। कति कुटिय, कति पिटिय त कतिले येशूमा राखेको विश्वासको कारण ज्यानै गुमाए। तापनि येशूले दिनुभएको पाप क्षमा र अनन्त जीवनलाई तिमीले समातिनै रह्यौ। चर्चमा जान डाँडा पाखा काटेरै, खोला नाला तरेरै र घाम पानी केही नभनि शनिवारको सेवामा उपस्थितहुन कहिल्यै छोडेनौ। आफ्नो कमाइको दशांस आदर र भक्ति साथ चर्चको भेटीमा हाल्नपाउँदा कति खुसी हुन्छौ। खेतबारीमा फलेको पहिलो फल पनि चर्चमा रमाइ रमाइ ल्याउँछौ। धन्यवाद भेटी, विश्वासको भेटी, प्रतिज्ञाको भेटी; जुनसुकै भेटीमा उत्सुकताकासाथ भाग लिन्छौ। येशूले भनेको वचन “लिनु भन्दा दिनु असल हो”लाई हृदयबाटै विश्वास गर्छौ।
हिजो अस्ति “ख्रिष्तानी” वा “यिसु धर्म मान्ने” भनि हेला गर्ने र खिल्ली उडाउने छिमेकीलाई आदरसाथ बाटोमा भेट्दा अभिवादन गर्छौ। मौका मिलेमा सुसमाचार पनि सुनाउछौ। प्रार्थना त उनीहरूकालागि दिनदिनै गर्छौ। चर्चमा हुने प्रार्थना सङ्गति, दिदीबहिनी सङ्गति, दाजुभाइ सङ्गति र घरेलु सङ्गतिमा सकेसम्म पुगेकै हुन्छौ। छोराछोरीलाई पनि येशूको मार्गमा हिँडाएकाछौ। उनीहरूपनि चर्चमा जान निकै उत्सुक हुन्छन्।
तिम्रो मन यति निश्छल भैसक्यो कि एक जना बाहेक तिम्रो लागि यो संसारमा न कुनै दुष्मन, न कुनै शत्रु। जसलाइपनि दया र प्रेमको भावनाले हेर्छौ। कतिले त तिम्रो निर्मल हृदयको कारण तिमीलाई ठगिसकेकाछन् तर तिनीहरूलाई सजिलै क्षमा दिएका छौ। दिन्छु भनि सापटी लगेको पैसा वर्षौं बित्दा पनि दिनुको सट्टा उल्टै तिनीहरू तिमीलाई नै “विदेशीको पैसा खाने” भनेर बदनाम गरिरहेकाछन्। तर तिमीलाई फिक्री छैन। अँझै पनि उनीहरू आएर सहयोग मागेको खण्डमा तिमी सक्दो सहायतागर्न अग्रसर भैहाल्छौ। धन्य नेपाली ख्रीष्टीयान विश्वासी!
तिमी यतिधेरै निर्दोष भैदियौ कि अब त तिमीमाथि आत्मिक शासन गर्नेहरूले तिमीलाई सजिलै बलिको बोका बनाउनसक्छन्। येशूको लागि दुःख भोग्ने तिमी तर तिम्रो दुःखलाई कलम र क्यामेराले चोर्दै विदेशी बजारमा बेचेर पैसा कमाउने तिम्रो “गुरुबा”। सुसमाचार सुनाएर मानिसलाई चर्चमा ल्याउने तिमी तर त्यसको फाइदा उठाउने तिम्रो “गुरुबा”। हड्डी फुटाएर कामगर्दै कमाएको रकमबाट दशांस दिने तिमी तर त्यो पैसामा मनपरी गर्ने तिम्रो “गुरुबा”। हुँदा हुँदा तिमी यति उदार भैसक्यौ कि अब त तिम्रो गुरुबाले तिम्री चेलीबेटीको यौन शोषणगर्दा पनि तिमी चुपै लागेर बस्न सक्छौ किनभने गुरुबाले सिकाउनुभएकोछ “न्याय नगर” भनेर। तिम्रो गुरुबाले दिनदाहाडै व्यभिचार गरेको थाहा पाएपनि तिमी त सजिलै क्षमा दिनसक्छौ। देखाउने श्रीमती एउटा भए लुकाएका जतिसुकै श्रीमती भएपनि तिमीलाई त्यसको कुनै मतलब छैन कारण गुरुबाले भन्नुभएको छ कि सबैले उहाँको सेवा गर्नुपर्छ रे। उहाँको विरूद्दमा बोलेको खण्डमा परमेश्वरले आशिष् दिनुहुन्न रे।
देश विदेशमा गएर चर्चको लागि भन्दै हुनुनहुनु झूट बोलेर उठाएको दानले बनाएको गुरुबाको महलमा जाँदा “प्रभुको आशिष् कति महान” भन्दै तिमी छक्क पर्छौ। मण्डलीमा ती गुरुबालाई “मलाई शीरमा हात राखेर आशिष् दिनुहोस्” भनि प्रार्थना गरिमाग्दा तिमीलाई कुनै अप्ठ्यारो लाग्दैन। तिमीलाई त आफ्नो गुरुबाप्रति यति आदर र विश्वास छ कि उनले व्यभिचार, भ्रष्टाचार, अत्याचार, जे गरे पनि त्यो आत्मिक कार्य नै हो भन्ठान्छौ। गुरुबाले अह्राएको जुनसुकै कामलाई तिमी खुसीसाथ पुरागर्न चहान्छौ। बाइबलको विरुद्दै जानुपरेपनि गुरुबाको आज्ञा पालनगर्न तयार हुन्छौ। त्यसमाथि यदि तिम्रो गुरुबा विदेशी हो भने त झनै गजब। विदेशी होइन तर वर्षमा धेरैपटक गोरा, खैरा, पहेँला र काला छालाकाहरूलाई चर्चमा उफार्न सक्छ भने तिमीलाई त नेपाली गुरुबा पनि विदेशी नै लाग्न थाल्छ। अलि अलि अङ्ग्रेजी बोल्नसक्छ भने सुनमा सुगन्ध तिम्रो लागि। किनेको नकली डक्टरको उपाधीमा “रेभरेन्ट डाक्टर पास्टर फलानो गुरुबा” भनी सम्बोधन गर्दा तिमीलाई सारै गर्व लाग्छ। कसैले तिम्रो गुरुबाको विरोध गरेको तिमी सहन सक्दैनौ; तिम्रो एकमात्र दुष्मन भनेको त्यो हो जसले तिम्रो गुरुबाको पापलाई औल्याउँछ। सयाद संसारमा तिमी जस्तो निश्छल र निर्मल विश्वासी अन्त कतै छैनन् होला। धन्य नेपाली ख्रीष्टीयान विश्वासी! स्वर्गमा साँच्चै तिम्रो इनाम ठूलो छ!
साभार ः भाेजराज भट्ट
https://vojraj.blogspot.in/2018/02/blog-post_28.html
Tuesday, 27 February 2018
Wednesday, 21 February 2018
बिल्ली ग्राहमको आज ९९ वर्षको उमेरमा निधन - जगदिश पाेखरेल
एउटा ईतिहासले आज विश्राम लिएको छ । संसारभरका १८५ देशहरूका झण्डै २२ करोड मानिसहरूको सामुन्ने ख्रीष्ट येशूको बारेमा प्रचार गरेका , अरबौं मानिसहरूका ढुकढुकी बिल्ली ग्राहमको आज ९९ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको निधनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखेका छन्, "महान बिल्ली ग्राहम, उहाँजस्तो कोही थिएन । उहाँलाई ख्रीष्टियन समुदायलगायत अन्य धर्मावलम्बीहरूले पनि सधैँ सम्झनेछन् ।

Monday, 19 February 2018
मुस्लिमलाई सुसमाचार सुनाएको आरोपमा मलेशियन पाष्टर अपहरणमा
मुस्लिमलाई सुसमाचार सुनाएको आरोपमा मलेशियन पाष्टर अपहरणमा, (श्रीमतीद्धारा अपहरित पतिलाई तुरुन्तै मुक्त गर्न प्रार्थना सहित आग्रह)
हामी सबै मिलेर यसपरिवारको लागि प्रार्थना गरौँ, र कारागारबाट छुटकारा हुनको लागि....
७ फागुन | मलेसियामा मुस्लिम व्यक्तिलाई सुसमाचार सुनाएको आरोपमा रेमण्ड को नाम गरेका पाष्टरलाई नकावधारी व्यक्तिहरुले करिव एक बर्ष अगाडी अपहरण गरेकामा हालसम्म पनि उनलाई मुक्त गरेका छैनन् । उक्त मामला बारेमा अनुसन्धान कार्य अगाडी बढ्न नसकेपछि उनकी श्रीमतीले आफ्नो पतिलाई रिहाई गर्न आग्रह गरेकी छन् ।
च्यानल न्यूज एशियाका अनुसार उनले श्रीमतीले यो चाईनिज नया बर्षमा पति रेमण्ड मुक्त हुने र परिवारमा मिलन हुने आशा गरेकी छन् । उनले भनिन् आमाले छोरालाई नभेटेको एक बर्ष भैसकेको छ ।
पाष्टर को लाई पेटालिगं जया स्थित उनैको घर नजिकबाट गत वर्ष फ्रेजुवरी महिनाको १३ तारिकमा अपहरण गरिएको थियो । अपहरणपछि अपहरणकारीलाई नखोजी प्रहरीले झन पाष्टरले मुस्लिमहरुलाई क्रिश्चियानिटी प्रचार गरेको पो छ कि भनेर खोजी गरेको छ ।
सिसिटिभी फुटेज अनुसार करिव दुई मिनेटमै पाष्टर अपहरणमा परेका थिए । अधिकारीहरुका अनुसार अपहरणपछि अहिलेसम्म कुनै रकमको माग गरिएको छैन । अपहरणपूर्व उनलाई मुस्लिमलाई प्रचार गरेको आरोप लगाउदै इमेल आएको थियो ।
मुस्लिम बाहुल्यता भएको देश मलेसियाको संबिधानमा धार्मिक स्वतन्त्रता भए पनि मुस्लिम व्यक्तिहरुलाई नन् मुस्लिमहरुले प्रचार गर्न निषेध गरेको छ । द स्टार पत्रिकाको अनुसार यस अपहरणको बारेमा मानव अधिकार सस्थाले पनि अनुसन्धान गरिरहेको छ ।
अहिलेसम्म के के भईरहे छ भन्ने केही कुरा पनि थाह हुन नसकेको हुनाले परिवार निकै कष्ट र चिन्तामा परिरहेका छन् । उनीहरुलाई अझै पनि आशा छ, तर उनीहरुलाई यो यस्तो अबस्थाबाट उनीहरुको आशा कुच्चिने पो हो कि भन्ने शंका छ ।
गत जनवरी महिनामा नै प्रहरीले पाष्टर को को चालक लाम चागंलाई पैसा दिएर छुटाउन खोजेको आरोपमा पक्राउ गरेको थियो तर अहिले फेरी चालक अपहरणमा सामेल भएको आरोप समेत लगाएईको छ ।
पाष्टर को को परिवारको नजिकको साथीका अनुसार प्रहरीले अपहरणकारीबारे जानकारी भएपनि यो कुरा लुकाई राखेको छ । उनीहरुलाई के भएको भन्ने सबै कुरा थाह छ । (साभारhttps://lalpost.com/?p=279 )

Monday, 12 February 2018
"राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल" नै किन ? - पावल गौतम परियार
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल ख्रीष्टियन समुदायका हक अधिकार र अस्तित्व पहिचान स्थापित गर्दै परमेश्वरको राज्य विस्तार र महिमाको लागि हो ।
👉🏻देशभरका मण्डलीहरुको नीतिगत व्यवस्था गराई पवित्र धार्मिक स्थल स्थापित गराउने ।
👉🏻मण्डलीहरुमा कुनै समस्या र वाधा व्यवधान भएमा समन्वय र सहजीकरण गर्दै सुरक्षाकर्मीको भुमिका निर्वाह गर्ने । (जस्तै, चरिकोट र सल्यान लगायतका घटनाहरुमा अग्रणी भुमिका निर्वाह गर्दै छुटकाराको काम गरिएको थियो ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कुनै धर्म प्रचार गर्दैन तर सुसमाचार प्रचार गर्ने काम गर्छ ।
👉🏻ख्रीष्टियन समुदायको सामाजिक व्यवस्थापनको लागि नीतिगत व्यवस्था मिलाउने ।
👉🏻 आर्थिक व्यवस्थापनको लागि नीतिगत व्यवस्था मिलाउने ।
👉🏻नागरिकको धार्मिक अधिकार सुनिश्चित गर्नको लागि नीतिगत व्यवस्थापन गराउने ।
👉🏻 ख्रीष्टियन समुदायको धार्मिक हक अधिकारको सुनिश्चितता एवं उत्थान र विकासको लागि राष्ट्रिय ख्रीष्टियन आयोग गठन गरी आवश्यक कार्य गर्ने ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कुनै सामाजिक काम गर्ने होइन तर मण्डलीहरुलाई बलियो बनाउने, तालिमहरु दिने र सामाजिक चेतना बढाउन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने काम गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सुसमाचार सुनाउने कामलाई सहज बनाउने र उचित व्यवस्था मिलाउने काम गर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पास्टर अभिषेक गर्ने काम र मण्डली खडा गर्ने काम महासंघले गर्दैन तर मण्डलीलाई सहयोगी भुमिकाको लागि आवश्यक समन्वय गर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मण्डलीहरुको पहिचान र अस्तित्वलाई स्थापित गर्ने काम गर्छ ।
👉🏻ख्रीष्टियन समुदायको मृत्यु संस्कारको लागि नीतिगत व्यवस्था मिलाई व्यवस्थापन गर्ने काम गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पेशागत रुपमा सामाजिक काममा कुनै योजना सहित काम गर्दैन । तर कुनै ठाउँमा आपत विपत आएको खण्डमा मात्र यसले कर्तव्य सम्झि समन्वय र सहजीकरण गर्छ ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले धार्मिक क्षेत्रमा नीतिगत व्यवस्थापन गर्ने, स्वतन्त्र गुठीको व्यवस्था गर्ने र सबै मण्डलीहरुलाई राज्यबाट समान ढंगबाट छुट्याउने बजेट छुटटयाउन लगाउदै समान व्यवहार गर्न लगाउने यो चाहिँ मुख्य महासंघको मुल उदेश्य भित्र पर्छ ।
👉🏻 राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको यो नितान्त मानवअधिकारको क्षेत्रमा सम्बन्धित मण्डलीहरुलाई सुसमाचारको लागि सहज वातावरण बनाइदिने काम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको काम हो ।
👉🏻राष्ट्रिय मानवअधिकार आयोग एउटा आयोग हो भने महासंघ विभिन्न संस्थाहरु मिलेर बन्छ र जुन सरकारले बन्द गर्न पाउँदैन ।
👉🏻राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टियन समुदायमाथि लगाइएका झुठा आरोपहरुको खण्डन गर्ने काम गर्छ साथै सत्य र वास्तविक कुराहरुको समुदायलाई सुसुचित गराउँछ ।
👉🏻 ख्रीष्टियन समुदायले पुरयाएको सामाजिक योगदानको सम्मान र सामाजिक सम्पतिहरुको संरक्षण गर्छ । जस्तै, शिक्षा, स्वास्थ्य लगाएतका सामाजिक विकाससँग सम्बन्धित निकायहरु जस्तै मिशन अस्पताल, शिक्षण संस्था लगायतका सामाजिक पक्षहरुको संरक्षण, सम्र्बद्धन र समन्वय गर्ने काम गर्छ ।
👉🏻 राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा हुने सहयोगहरुलाई आवश्यक सहज वातावरण सिर्जना गर्ने ।
👉🏻ख्रीष्टियन समुदायमा संरक्षणकारी भुमिका निर्वाह गर्छ तर कुनै विभेद गर्दैन (झुठा शिक्षा वाहेक)
👉🏻ख्रीष्टियनहरुको महान पर्वहरु राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने । जस्तै, ख्रीष्टिमस पर्वलाई राज्यबाट राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा कायम भएको छ ।
👉🏻ख्रीष्टियन संघसंस्थाहरुलाई एक धार्मिक संस्थाको रुपमा स्थापित गराउँदै कर मुक्त र सहज वातावरण सिर्जना गर्ने ।
कायम गराउन बाँकी विदाहरु
❇ख्रीष्टमस इभ
❇ पुनरुत्थानको दिन (इष्टर सण्डे)
❇गुड फ्राइडे लगायतका पर्वहरु रहेका छन् ।

नेपालमा ५ वटा संघहरु छन् ।
👉🏻१. नेपाल उद्योग वाणिज्य महासंघ
👉🏻२. नेपाल पत्रकार महासंघ
👉🏻३. नेपाल जनजाति महासंघ
👉🏻४. गैरसरकारी संस्था महासंघ नेपाल
👉🏻५. राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल
👉🏻२. नेपाल पत्रकार महासंघ
👉🏻३. नेपाल जनजाति महासंघ
👉🏻४. गैरसरकारी संस्था महासंघ नेपाल
👉🏻५. राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल
हजारौँ भन्दा बढि मण्डली समुहहरु तथा ख्रीष्टियन संघसंस्थाहरु आवद्ध रहको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हो ।
संस्था भनेको जुन जिल्लामा दर्ता भयो त्यहि जिल्लामा मात्र आफनो कर्तव्य पुरा गर्नुपर्ने हुन्छ भने महासंघहरु चाहिँ गृह मन्त्रालयको अनुमतिमा दर्ता भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा स्थानिय सरकारलाई जानकारी दिएर काम गर्न पाउँने व्यवस्था छ ।
यसले विश्वभर छरिएर रहेको नेपाली भाषी मण्डलीहरुको समन्वय गर्दै एकै सुत्रमा बाँध्ने काम गर्छ ।
यसको संरचनाहरु
१. केन्द्रिय समिति
२. प्रादेशिक समिति
३. जिल्ला समिति
४. स्थानिय समिति
५. अन्तराष्ट्रिय क्षेत्रमा सद्भावदुत र सम्पर्क समितिहरु रहेका छन् ।

Friday, 9 February 2018
चीनमा १४ चर्च अगुवाहरु पक्राउ र दुव्र्यबहार: कम्यूनिजम अन्त्य भएको बिश्वासको प्रार्थना - सुनिलराज लामा
चीनमा १४ चर्च अगुवाहरु पक्राउ र दुव्र्यबहार: कम्यूनिजम अन्त्य भएको बिश्वासको प्रार्थना
२६ माघ । चीनको मध्य पूर्वी भागमा प्रचारको काम गरिरहेका १४ जना चर्चका प्रचारक अगुवाहरु सरकारी सुरक्षा अधिकारीहरुको दमनमा परेको खवर छ । चाईना एडको रिपोर्ट अनुसार गत बुधबार सिजियागं प्रान्तमा उनीहरुलाई पक्राउ गरेर अज्ञात स्थलमा बन्दी बनाईएको छ ।
चाईना एडका अध्यक्ष बब फूले यी चर्चका शान्तिप्रिय अगुवाहरुलाई पक्राउ गरेका कारण बर्तमान कम्युनिष्ट सरकारले नागरिकको धार्मिक अधिकार हनन गरेको बताए । चाईना एडले अन्तराष्ट्रिय नेताहरुलाई चीन सरकारको यस्तो हर्कत बिरुद्ध, धार्मिक स्वतन्त्रता र मानव अधिकारको पक्षमा बोल्न र पक्राउ परेका निर्दोश व्यक्तिहरुलाई रिहाई गर्न माग गरेका छन् ।
गएका जनवरी महिनामा मात्रै उत्तरी शान्जी प्रान्तका बिश्वासीहरुले उनीहरुमाथि हुने गरेको सतावट र यसको डरको बिषयमा बाँडेका थिए ।
यी १४ अगुवाहरुले बिशेष गरि समस्यामा परेका चर्चहरु र पक्राउमा परेकाहरु मानव व्यक्तिहरुको मानव अधिकारको बिषयमा बकालत गर्दै आएका थिए । सरकारले गरेको यस कार्यबाट सरकार अझै पनि कुनै पनि व्यक्तिले स्वतन्त्र रुपले राख्न पाउने धार्मिक बिश्वास र आधारभूत आधारभूत मानव अधिकारका कुराबाट बन्चित भएको प्रष्ट भएको छ ।
चीनमा सन् २०१५ मा सिजियागं प्रान्तमा भएका १२०० चर्चमाथि राखिएका क्रूसहरु भत्काईको यियो । यसरी भत्काउदै गरेको भिडियो संसरभरि सेयर गरिएको थियो ।
क्रिश्चियनहरुको पक्षमा वकालत गर्ने बकिलहरु पनि चाईनामा सतावटमा पर्ने गरेका छन् । गत वर्ष उनीहरुको पक्षमा वकालत गर्ने ४० बकिलमाथि लाईसेन्स खारिज गरिदिने धम्की प्रशासनबाट आएको समाचार छ । साभार (https://lalpost.com/?p=134)
कर तिर्न योग्य, सेवा पाउन अयोग्य ? - जगदिश पाेखरेल
माघ २६ गतेको नागरिक दैनिकमा प्रकाशित “चर्च निर्माण गर्दै स्थानीय सरकार” शिर्षकको समाचारले अल्पसंख्यक ख्रीष्टियन समुदायको अधिकारमाथि प्रश्न चिन्ह उठाएको छ । सरकारी बजेटबाट मठ, मन्दिर, गुम्बा बनेको हामीले प्रशस्तै सुनेका छौं । सरकारी बजेटबाट नै हरेक वर्ष इस्लाम धर्मका थुप्रै नेपाली अनुयायीहरू हज गर्नका निम्ति साउदी अरबको मक्कासम्म पुगेका हामीले देखिरहेकै छौं ।
राज्यको ढुकुटी सिमित भएकाले सकेसम्म धार्मीक स्थल निर्माण वा धार्मिक कार्यक्रमहरूमाभन्दा अन्य विकासका पूर्वाधारहरूमा यो खर्च गरिनुपर्छ भन्ने तर्क एकदम सही हो । अशिक्षा र बेरोजगारीले जकडिएको देशमा राज्यको ध्यान त्यतातिर जानुपर्छ भन्ने कुरालाई इन्कार गर्न सकिंदैन ।
अन्य धर्मका धार्मिक कार्यक्रम तथा सम्पदा निर्माणमा राज्यले करोडौं खर्च गर्दा समेत् केही नबोल्ने अनि अल्पसंख्यक ख्रीष्टियन समुदायका धार्मिक स्थलहरू निर्माणको निम्ति केही हजार खर्च गरिंदा आकाशै खसेझैं हल्ला गर्ने कुरा एउटा प्रजातान्त्रिक धर्मनिरपेक्ष देशलाई सुहाउने कुरा पक्कै होइन ।

ख्रीष्टियनहरूबाट कर उठाउनचाहिँ हुन्छ, तर उनीहरूको पक्षमा राज्यको ढुकुटीको एक पैसा पनि खर्च गरिनुहुँदैन भनेर सोच्नु गलत हो । हामीलाई कर तिर्न योग्य तर सेवा पाउन अयोग्य नबनाइयोस् ।
Sunday, 21 January 2018
तपाईंसँगै जाने चाहिँ को हो ? - दानियल भट्ट
धेरै वर्ष अगाडिको कुरा हो कुनै एउटा मानिसको चारवटी श्रीमतीहरु थिए । उसले सबैभन्दा बढी आफ्नी कान्छी श्रीमतीलाई माया गर्थ्याे । उसकी साहिली श्रीमती चाहिँ एकदमै राम्री थिए तर पनि बढी माया चाहिँ उसले कान्छीलाई नै गर्थ्याे । उसकी माहिली श्रीमती साह्रै नै प्रेमिलो थिई । तर सबैभन्दा पहिले बिहे गरेको उसकी जेठी श्रीमतीलाई भने उसले कुनै वास्ता गरेको थिएन । उमेर बित्दै जाँदा एकदिन त्यो मानिसको मर्नेबेला आयो । तर ऊ एक्लै मर्न चाहँदैनथ्यो । त्यसैले उसले आफूले धेरै माया गरेकी कान्छी श्रीमतीलाई भन्यो, “हे मेरी प्यारी श्रीमती हेर मैले मेरो जीवनमा सबैभन्दा बढी तिमीलाई माया गरेको छु, अब मेरो मर्नेबेला आयो के तिमी मसँगै जान चाहन्छ्यौ ?” कान्छी श्रीमतीले भनी, “नाइँ म तपाईंसँग जान सक्दिन ” उसले फेरि सबैभन्दा राम्री श्रीमती साहिलीलाई सोध्यो, “म अब मर्न गइरहेको छु के तिमी मसँग जान चाहन्छ्यौ ?” साहिलीले भनी, “म त यति राम्री छु मैले अर्काे श्रीमान पनि पाईहाल्छु नि, म तपाईंसँग जान सक्दिन ।” त्यसपछि उसले आफूलाई धेरै माया गर्ने माहिली श्रीमतीलाई बोलाएर भन्यो, “म अब मर्न लागिरहेको छ, के तिमी मसँग जान्छ्यौ ?” माहिलीले पनि भनी, “तपाईं जिउँदो छँदा पो मैले तपाईंलाई प्रेम गरे तर अब म तपाईंसँग जान सक्दिन ।” अन्तमा उसको पछाडि मसिनो स्वरमा उसलाई बोलाउँदै उसकी जेठी श्रीमती आइपुगी र भनी, “म चाहिँ तपाईंसँग जान चाहन्छु ।” त्यो मानिसले उसकी जेठी श्रीमतीतिर फर्केर हेर्यो किनभने उसले आफ्नी जेठी श्रीमतीलाई यति हेँला गरेको थियो कि कहिल्यै पनि फर्केर उसको मुखमा हेरेको थिएन । उसकी जेठी श्रीमती साह्रै दुब्ली र पातली थिई, हेला गरिएकी थिई । तर पनि अन्त्यमा उसँग जानको लागि उसकी जेठी श्रीमती मात्रै तयार भई
प्रिय मित्र तपाईंको कान्छी श्रीमती भनेको तपाईंको शरीर हो जसलाई तपाईं धेरै माया गर्नुहुन्छ, तपाईंको साहिली श्रीमती चाहिँ धनसम्पत्ति हो, जुन साह्रै सुन्दर देखिन्छ । तपाईंको माहिली श्रीमती चाहिँ तपाईंका आफन्तहरु हुन् जसले तपार्इंलाई खुबै माया देखाउँछन् । तपाईंको जेठी श्रीमती चाहिँ तपाईंको आत्मा हो । तपाईं मर्नेबेलामा तपाईंको शरीरले तपाईंलाई छाड्छ, धनसम्पत्तिले तपाईंलाई साथ दिँदैन ।
आफन्तहरु माया गरिटोपल्छन्, अझ कति जना त आफन्तकै कारण, आफ्नै श्रीमान वा श्रीमतीको कारण वा बाबुआमाको कारण आत्माको वास्ता गर्दैनन् । तर मर्ने बेलामा वा तपाईं मरेपछि तपाईंसँग हुने केवल तपाईंको आत्मा मात्रै हो । यसकारण के तपाईंको आत्मा बाँचेको छ वा के तपाईंले आत्मा बचाउँनको लागि येशू ख्रिस्टमा विश्वास गर्नुभएको छ ? यदि तपाईंले येशूलाई विश्वास गर्नुभएको छ भने के तपाईं दैनिक रुपमा भोजन खाएझैं बाइबल पढेर प्रार्थना गर्नुहुन्छ ? आउनुहोस् मित्र आजै देखि आफ्नो आत्माको वास्ता गरौं हरेक दिन बाइबल पढ्ने वचनहरुमा ध्यान गर्ने र प्रार्थना गर्ने बानी बसालौं । “सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ अथवा मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ ?” (मत्ती १६ः २६) ।

Saturday, 20 January 2018
७ मा अध्ययन गर्दै गर्दा साँगीतिक यात्रा शुरु गरें -संगीतकार गगन सुब्बा
गगन सुब्बा नेपाली इसाई सांगीतिक क्षेत्रका वरिष्ट संगीतकार हुनुहुन्छ। र्इ.सं १९७०/१०/१० मा भारत स्थित दार्जिलिङमा जन्मनुभएका गगन सुब्बा हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै आउनुभएको छ। पाँच सय भन्दा बढी नेपाली इसाई भजनहरू र नेपाली आधुनिक गीतहरूमा सगीत दिइ सक्नुभएको छ। अलाहबाद बाट शास्त्रीय संगीतमा सिनियर डिप्लाेमा गर्नुभएका र उत्तर बङगाल गभर्मेन्ट कलेज बाट औपचारिक शिक्षा बि.ए. नेपालीमा गर्नुभएको छ। हाल विभिन्न बाेर्डिंग स्कूलहरूमा संगीत - गायन (भोकल) शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ। उहा संग नयाँ आशा डट कमका प्रतिनिधि मकल राई बान्तवाले गर्नु भएको कुराकानी।
१. संगीतकारज्यू के गर्दै हुनुहुन्छ ?
अहिले संगीतमा - गायन शिक्षा, शास्त्रीय संगीत (भोकल) सिकाउँदै छु, साथै इसाई भजनहरू रेकर्डिङको कामले ब्यस्त छु।
२. तपाई किन संगीत क्षेत्रमा लाग्नुभयाे ?
सानै उमेरमा रेडियो नेपालबाट नारायण गोपाल, गोपाल योन्जनको गीत सुन्थे, गाउँथे त्यसपछि संगीत प्रति चासो बढ्यो अनि अहिले आएर संगीत क्षेत्रको सेवामा लागेको छु।
३. किन संगीतमा पनि इसाई संगीत मै लाग्नुभयाे ?
संगीतको माध्यमबाट जीवित परमेश्वर येशू ख्रीष्ट को महिमा हुने भएकोले मैले इसाई संगीतलाई नै रोजेको हुँ, परमेश्वरको भजन - संगीत भर्दा/बनाउँदा हृदयमा आनन्द र आत्माले शान्ति पाउने भएकोले मैले इसाई संगीत क्षेत्रलाईलाई रोजेको हुँ।
४. कसरी/कहिले सुरु गर्नुभयो अाफ्नाे सांगीतिक यात्रा ?
कक्षा ७ मा अध्ययन गर्दै गर्दा बिद्यालयको साँस्कृतिक कार्यक्रममा संगीत बिभागको निर्देशन गरेर साँगीतिक यात्रा शुरु गरेको हुँ।
५. अहिले कस्तो छ नेपाली इसाई संगीतको अवस्था ?
इसाई संगीत क्षेत्रको अवस्था पेशागत रूपमा हेर्नुपर्दा त्यति सन्तोषजनक चाहिँ छैन। नेपाली इसाई संगीत क्षेत्रको बजार ब्यवस्था राम्रो छैन। सि डि बिक्री बितरण आफैमा भर पर्नु पर्ने हुन्छ। इसाई संगीत गरेर जीवन निर्वाह गर्नु कठिन छ। इसाईहरुमा पनि भजन गीतहरू सित्तैमा सुन्ने बानी बसिसकेको छ। इसाई संगीत बजारमा पनि पाइरसी बढयो। अब परमेश्वरकाे महिमा होस भनेर चित्त बुझाउनु सिबाय केही छैन। तर म चाहिँ माथिको परमेश्वरको कुरामा भर पर्ने हुनाले निरन्तर इसाई संगीत क्षेत्रको सेवामा लागि परेको छु। इसाई संगीतमा पाश्चात्य संगीतले प्रभाव पारेको छ। इसाई संगीत क्षेत्रमा नेपालीपनको कमी कमजोरी छ पप संगीतले बढी प्रभाव पारेको छ। इसाई युवा पिडिहरू परमेश्वरको महिमा गर्नुभन्दा आफै आनन्द लुटन मात्र चाहन्छन। इसाई संगीत क्षेत्रमा मेलोडी सुगम संगीत र स्तरीय गीतहरूको महत्व घटदै जाँदैछ। भजन भनेको भक्ति संगीत हो तर अचेल भक्ति संगीतको नाममा संसारको संगीत जस्तो उश्रृङखलताले भरिएको छ। जवानहरूले यस्तै रूचाउँछन भनेर मण्डलीका पास्टर अगुवाजनहरू पनि लाचार छन यस्तै छ इसाई संगीतको अवस्था।
६. कसरी नेपाली इसाई संगीतलाई अझ सशक्त बनाएर लग्न सकिन्छ ?
इसाई संगीतलाई सशक्त बनाउनको लागि इसाई संगीतलाई संस्थागत रूपमा परिचालन गर्नुपर्छ। उत्कृष्ट प्रतिभा भएका सक्षम गायक गायिकालाई स्थान दिएर अघि बढाउनु पर्छ। स्तरीय शब्द संगीतलाई सही मूल्याङकण गर्नुपर्छ जस्तो पायो त्यस्तै हल्का फुल्का गीतहरू रेकर्ड हुने भएको कारणले नेपाली इसाई संगीतको विकास हुनसकेको छैन।
७. इसाई मण्डलीमा संगीतको भुमिका कस्तो हुन्छ ?
मण्डलीमा संगीतको महत्व धेरै छ, किनभने परमेश्वरको स्तुति आराधना गर्न संगीतको महत्वपूर्ण स्थान छ। तर सबैको मन छुने भक्ति संगीत होस जसले गर्दा परमेश्वरको उपस्थितिमा जानको निम्ति सहयता पुगोस तर स्तरीय संगीत होस हल्का फुल्का नहोस संसारिक संगीत जस्तो उश्रृङखल र हा हा हो हो उताउलोपन नहोस परमेश्वरको सेवाकाई गर्नलाई मण्डलीमा संगीतको महत्वपूर्ण भूमिका छ।
८. संगीतको माध्यमबाट कसरी सुसमाचार सुनाउन सकिन्छ ?
मिठो कर्णप्रिय स्वर र सुमधुर संगीतको माध्यमबाट सुसमचार सुनाउँदा प्रभावकारी हुन्छ। संगीत भनेको यस्तो शक्तिशाली बिषय हो जसले कठोर भन्दा कठोर मान्छेको हृदयलाई पनि कोमल बनाउँछ। तर संगीतमा गीतमा मिठास भाव शैली मुर्छना हुनु आवश्यक छ। प्रार्थना साथ बनाएको संगीतले मान्छेको मन छुने हुन सक्छ, दुवै कुराको जरुरत पर्छ। परमेश्वरको अभिषेक र संगीतको शिक्षा दुवै मेल खायो भने भरपर्दो गीत बन्छ। अब त्यसतो गीतले चाहिँ सुसमचार प्रचारमा सहयोग पुरयाउँछ।
९. तपाइको बिचारमा किन जवानहरू मण्डली भन्दा बाहिरको गीत संगीतमा बढी अाकर्षित भएका हाेलान ?
मण्डलीका जवानहरू संसारको संगीत तर्फ जान्छन कारण इसाई संगीतक्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने स्थान वा मौका नपाएर पनि बाहिर संसारको संगीत तर्फ जान रूचाउँछन। अर्को कुरा जवानहरूले मण्डलीमा आत्मीक खुराक नपाउँदा पनि परमेश्वरको भजन गीतलाई भन्दा संसारको गीतमा धेरै रमाउँछन। मण्डलीमा अनुशासनको पालन गर्नुपर्छ। संसारमा जे गरे पनि कसैले कही भन्दैन तर मण्डलीमा अनुशासन पालन गर्नुपर्छ। आफूले मनले चाहे जस्तो मन परी गर्न नपाउँदा पनि मण्डलीका जवानहरू संसारतर्फ जाने गर्छन। त्यसकारण अबको मण्डलीमा संगीतको वातावरण राम्रो हुनुपर्छ।
१०. संगीतकार ज्यु तपाइको बहुमुल्य समयको लागि धन्यवाद।
नयाँ आशा डट कम लाई पनि धन्यवाद मलाई अन्तर्वार्ता गर्ने मौका दिएर धेरै पाठक सम्म पुग्ने मौका दिनु भयो । जय मसिह।
साभार ः नयाँ अाशा डट कम

गजल - एन पी खतिवडा
येशुमात्र सन्सार मा पाप रहित भइ जिउनु भयो
उद्दार मुक्ती दिनलाई कष्टको घुट्को पिउनु भयो
धर्मी यहाँ कोहि छैन एकै जना पनि छैन
अधर्मिलाई धर्मी पार्न संकस्ट सारा सहनु भयो
हाम्रो पापको बोझ बोकि कल्भरिमा मर्नु भयो
गर्नु पर्ने जति सबै हाम्रो निम्ति गर्नु भयो
सत्य शुन्दर शिध्ह मानिस येशु मात्र हुनु भयो
बगाई रगत कल्भरिमा हामिलाई धुनु भयो
जस्तो येशु पबित्र छन त्यस्तै हामी बन्न सकौ
ख्रीष्टकै पबित्रताको कुरा सबैलाई भन्न सकौ ।

आफ्नै स्वास्नीलाई कुट्ने के जिन्दगी - रेशम कुमार सुनुवार
आफ्नै स्वास्नीलाई कुट्ने के जिन्दगी
जोडिएर सम्बन्ध पनि छुटने के जिन्दगी।
हरायो विश्वास मान्छे मान्छे बीचमा
विश्वासघातमा आफैलाई लुटने के जिन्दगी।
काँच जस्तै कच्चा त्यो मायाको स्वरुप
एकै स्पर्शमा अनायासै फुटने के जिन्दगी।
आउन आउ सबै त्यो क्रुसको फेदीमा
पापमा प्राणको डोरी टुटने के जिन्दगी।
ख्रीष्टको धार्मिकतमा मन शुद्ध नभएर
खराबै बिचार मनमा भुटने के जिन्दगी।
जोडिएर सम्बन्ध पनि छुटने के जिन्दगी।
हरायो विश्वास मान्छे मान्छे बीचमा
विश्वासघातमा आफैलाई लुटने के जिन्दगी।
काँच जस्तै कच्चा त्यो मायाको स्वरुप
एकै स्पर्शमा अनायासै फुटने के जिन्दगी।
आउन आउ सबै त्यो क्रुसको फेदीमा
पापमा प्राणको डोरी टुटने के जिन्दगी।
ख्रीष्टको धार्मिकतमा मन शुद्ध नभएर
खराबै बिचार मनमा भुटने के जिन्दगी।
नेपालको नयाँ कानुन र यसले नेपाली ख्रीष्टियनहरूलाई पार्न सक्ने प्रभावहरू – जगदिश पाेखरेल
निकै लामो राजनीतिक उतारचढावपछि बनेको नेपालको संविधान २०७२ ले धर्मको मामिलामा दोहोरो अर्थ लाग्ने गरी व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को धारा ४ को उपधारा १ ले एकातिर नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्रको रूपमा चित्रित गरेको छ भने अर्कोतिर धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर आफैमा अस्पष्ट प्रावधान अघि सारेको छ ।
संविधानको धारा ४ को उपधारा १ पढ्नुहोस्ः
४. नेपाल राज्य
(१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।
यसैगरी संविधानकै धारा २६ को उपधारा १ र २ ले सबैलाई समान धार्मिक हकअधिकार दिएको छ भने उपधारा ३ ले फेरि घुमाउरो भाषामा आस्था रोज्न पाउने व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको छ । जबर्जस्ति वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन हुँदैन भन्ने कुरामा अरूहरू जत्तिकै हामी नेपाली ख्रीष्टियानहरू पनि सचेत, सजग र जानकार छौं । तर संविधानले धर्मपरिवर्तन गर्न पाउने व्यक्तिको स्वेच्छिक अधिकारलाई सम्बोधन नगरिकन सिधै धर्मपरिवर्तन गराउने कार्यलाई कानुनअनुसार दण्डनीय भनेर चित्रित गरेको छ ।
संविधानको धारा २६ को उपधारा १, २ र ३ पढ्नुहोस्ः
२६. धार्मिक स्वतन्त्रताको हकः
(१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।
(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।
(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।
यसरी धर्मपरिवर्तन गराउने कार्यलाई कानुनबमोजिम दण्डनीय हुनेछ भनेर संविधानले धर्मजस्तो अति जटिल कुरालाई पनि अरू अपराधको दर्जामा राखेको छ ।
फौजदारी कसूरसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफा १५७ देखि १६१ मा धर्मसम्बन्धी कसूरहरू र तिनका दण्डहरू उल्लेख गरिएका छन् ।
विधेयकका दफाहरू पढ्नुहोस्ः
१५७. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः
(१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरेको रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनुपर्नेछ ।
१५८. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः
(१) कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरू कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
१५९. धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः
(१) कसैले सनातनदेखि अपनाउँदै वा चलीआएको अरूको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१६०. धर्म परिवर्तन गराउन नहुनेः
(१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।
(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुनेगरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्नेछ ।
१६१. हदम्यादः
दफा १५७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्नेछैन ।
कति हदसम्म यो कानुनले सबै धर्म–सम्प्रदायका मानिसहरूलाई समान हकअधिकार दिलाउने र सुरक्षाको प्रत्याभूति गराउने काम पनि गरेको छ । एकअर्काको आध्यात्मिक भावना र धार्मिकस्थलहरू माथि हमला गर्न नहुने कुरा निकै असल कुरा हो ।
धेरै हिसावबाट यस कानुनले सकारात्मक सन्देश दिएको भए पनि धर्मपरिवर्तनको सवालमा भने व्यक्तिलाई आफ्नैबारेमा निर्णय गर्नसमेत् रोक लगाउने शैलीको प्रावधान अघि सारेको छ । प्रलोभन देखाएर पनि र प्रलोभन नदेखाएर पनि धर्मप्रचार र धर्मपरिवर्तन गराउन नमिल्ने भन्ने कानुनको भाषाले प्रजातन्त्रको घाँटी न्याक्ने काम गरेको छ ।
जबर्जस्ति रुपमा वा प्रलोभनमा पारेर कसैले अरूको धर्मपरिवर्तन गराउन पाउँदैन भन्ने कुरामा कसैको पनि विमति छैन । त्यो तपाईं मात्रै हो, जसले तपाईंको व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्नुहुन्छ, त्यो म मात्रै हुँ, जसले मेरो व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्छु । मैले गुलियो खाने, नुनिलो खाने, शर्ट लगाउने, टि–शर्ट लगाउने, स्यामसुङ चलाउने, एप्पल चलाउने, फुटबल खेल्ने, क्रिकेट खेल्ने, नेपालमै बस्ने, विदेश जाने, कांग्रेसलाई भोट हाल्ने, एमालेलाई भोट हाल्ने, एमाओबादीलाई भोट हाल्ने, कसैलाई भोट नहाल्ने, हिन्दु बन्ने, मुस्लिम बन्ने, बहाई बन्ने, सिख बन्ने, बुद्धिष्ट बन्ने, क्रिश्चियन बन्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार ममा मात्र निहित छ ।
सन् १९९१ मा नेपालले हस्ताक्षर गरेको “मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र – १९४८” को धारा १८ ले स्पष्टरूपमा व्यक्तिको धर्मपरिवर्तन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । साथमा यस धाराले एक्लै वा सामुहिक रुपमा, गोप्य वा खुल्ला रुपमा आफ्नो आस्था र विश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने स्पष्ट गरेको छ । अंग्रेजी भाषामा यस धाराको पूर्ण अंश यसप्रकार छः
Everyone has the right to freedom of thought, conscience and religion; this right includes freedom to change his religion or belief, and freedom, either alone or in community with others and in public or private, to manifest his religion or belief in teaching, practice, worship and observance.
नागरीक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र १९६६ ले पनि यही कुरालाई जोडदाररूपमा प्रस्तुत गरेको छ ।
यसरी आफैले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धीको खिलाफमा जाने गरेर, व्यक्तिलाई आफ्नैबारेमा निर्णय गर्न रोक्ने प्रकारको कानुन बनाएर नेपालले आफूलाई प्रजातान्त्रिक देशको श्रेणीबाट तल खसाल्ने आत्मघाती काम गरेको छ ।
एकातिर व्यक्तिलाई धर्मपरिवर्तनको अधिकार दिने गरी तयार भएको अन्तर्राष्ट्रिय सन्धीहरूमा हस्ताक्षर गरी तिनीहरूको पक्ष राष्ट्र बन्ने अनि अर्कोतिर आफ्नै देशमा ती सन्धी सम्झौताहरूको सिधै विपरित हुनेखालका कानुनहरू बनाउनु भनेको निकै लाजमर्दो कुरा पनि हो ।
अन्तर्राष्ट्रिय सन्धीहरूमा हस्ताक्षर गरी नेपाल देश पक्षराष्ट्र भएको अवस्थाको सम्बन्धमा नेपालको सन्धी ऐन २०४७ बोलेको छ । सन्धी ऐनले “नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानुनसँग बाझिएमा सो सन्धीको प्रयोजनको लागि बाझिएको हदसम्म प्रचलित कानुन अमान्य हुनेछ र तत्सम्बन्धमा सन्धीको व्यवस्था नेपालको कानुनसरह लागू हुनेछ ।” भनेर बताएको छ ।
यसरी हेर्दा स्वेच्छिक धर्मपरिवर्तनलाई बाधा दिने गरी बनाइएका नेपालका सबै कानुन अन्तर्राष्ट्रिय सन्धीहरूको हिसावबाट खारेज हुने अवस्था देखिन्छ । यति हुँदाहुँदै पनि हामी नेपालका कानुनले गरेका व्यवस्थाहरूको सम्बन्धमा आँखा चिम्लिएर बस्न मिल्दैन ।
कानुन बनिसकेपछिको अवस्थामा नेपाली ख्रीष्टियानहरूले ध्यान पुर्याउनुपर्ने क्षेत्रहरूः
नेपालमा अहिले बनेको कानुनका कारणले गर्दा नेपाली ख्रीष्टियानहरू आत्तिइहाल्नुपर्ने अवस्था छैन । त्यसै पनि ख्रीष्टियान जाति सतावटदेखि डराउने जाति होइन । हामीले ध्यान पुर्याउनुपर्ने केही क्षेत्रहरूलाई नजरअन्दाज नगर्ने हो भने अहिलेको कानुनले हामीलाई छेक्न वा बाधा दिन सक्ने छैन । प्रार्थनासहित हामीले हाम्रा कदमहरूलाई बडो संयमित तरिकाले अगाडि बढाउने हो भने हामी हाम्रो लक्ष्यमा सजिलै पुग्न सक्नेछौं ।
हामीले जबर्जस्ति वा प्रलोभनको सानोभन्दा सानो अंश पनि हाम्रो गतिविधिमा पार्नुहुँदैन, जसरी आजसम्म प्रलोभन देखाएर वा जबर्जस्ति गरेर धर्मपरिवर्तन गराउनुपर्ने आवश्यकता र इच्छा दुवै हामीमा छैन, यो अवस्था भोलि पनि यस्तै रहनुपर्छ । प्रार्थना र अग्रजहरूसँगको छलफल तथा सरसल्लाहपछि मात्र बडो सभ्य र शालीन प्रकारले हामी सुसमाचार प्रचारको निम्ति उत्रनुपर्छ । सिधै भन्नुपर्दा, प्रचारको नाममा यदाकदा देखिने उत्ताउलो शैली हामीले त्याग्नुपर्छ ।
प्रभुलाई विश्वास र ग्रहण गरी बप्तिस्मा लिन तयार भएको व्यक्तिलाई निवेदन शैलीको फाराम भराउनुपर्छ । “कसैको कर, बल, प्रलोभन वा बहकाउमा लागेर नभई आफ्नै स्वेच्छाले बप्तिस्मा लिनका निम्ति म तयार भएकाले बप्तिष्मा दिइपाउँ” भनेर पास्टर वा अगुवालाई सम्बोधन गरी निवेदन शैलीको फारम भरेपछि मात्रै बप्तिस्मा दिने चलन ल्याउनुपर्छ । सम्भव हुने अवस्थामा बप्तिस्मा लिन लागेको व्यक्तिको अभिभावक वा परिवारका सदस्यहरूको मञ्जुरीनामा पनि सोही फारममार्फत् लिनुपर्छ । अवस्था हेरी घटीमा ३–४ जना मानिसहरूलाई साक्षीको रूपमा फारममा हस्ताक्षर गराउनुपर्छ । फारममा हस्ताक्षर मात्रै नभएर औंठाछापको पनि प्रयोग गर्नुपर्छ ।
जे होस्, सम्बन्धित व्यक्तिले आफ्नै इच्छाले बप्तिस्मा लिन चाहेको हो भनेर खुल्ने गरी प्रशस्त प्रमाण तयार गरेपछि मात्रै बप्तिस्मा दिने गर्नुपर्छ । अन्यथा, कोही गलत मनसाय लिएरै पनि बप्तिस्मा लिनका निम्ति चर्चसम्म आउनसक्छ वा सही मनसाय लिएरै आएको व्यक्तिले पनि पछि कसैको लहैलहैमा लागेर वा प्रभावमा परेर चर्च र पास्टरको विरुद्धमा जबर्जस्तिको आरोप लगाउन सक्छ ।
हामी यति कुरामा स्पष्ट हुनुपर्छ कि प्रलोभन नदेखाइएको र जबर्जस्ति नगरिएको अनि सम्बन्धित व्यक्तिको इच्छा फारम भरिएको अवस्थामा दिइने बप्तिस्मा वा धर्मपरिवर्तनलाई नेपालको कुनै पनि कानुनले कारबाहीको चरणसम्म लैजान सक्दैन । यदि लैजान खोजेको खण्डमा ख्रीष्टियान हकहितमा काम गर्ने संघसंस्थाहरू मिलेर यो कानुनको खिलाफमा उत्रन सक्नुपर्छ । सन्धी ऐन २०४७ ले पनि अन्तर्राष्ट्रिय सन्धी मिच्ने खालको अहिलेको कानुन स्वतः निष्कृय हुने कुरा बताएको छ । आवश्यकताअनुसार नेपाली ख्रीष्टियान समुदायले संघर्षको त्यो बाटो पनि खुल्लै राख्नुपर्छ ।
Friday, 19 January 2018
नेपाली ख्रीष्टियानहरूमाथि उठाइएका १० प्रश्नहरू र तिनका जवाफ - जगदिश पोखरेल |
गुण र दोषको आधारमा समर्थन वा विरोध गर्नु आजको सभ्य भनिएको समाजको अपरिहार्य पाटो हो । आफ्ना कमजोरीहरूको प्रतिफलस्वरूप आएका बौद्धिक विरोध वा प्रतिवादको सबैले स्वागत गर्न सक्नुपर्छ ।
नेपालको ख्रीष्टियान समुदायमाथि पछिल्लो समय गरिएका अस्वभाविक प्रहारहरूले यहाँको सरकार, मिडियाजगत्, बुद्धिजीवीवर्ग र आमजनमानसको ज्वरो सजिलै नाप्न सकिन्छ । के नेपालका ख्रीष्टियानहरू यो लेभलको प्रतिवाद सहन योग्य नै हुन् त ? कि यी सबका पछाडी कुनै अदृश्य इसाराको हात छ र हाम्रा मानिसहरू आँखामा पट्टि बाँधेर तिनका पछाडी लागिरहेका छन् ?
यसबारेमा थुप्रै बहसहरू भएका छन्, धेरैले आफ्ना धेरैथरिका धारणाहरू सार्वजानिक गरेका छन् । एउटा ख्रीष्टियान हुनुको नाताले अहिले उठेका लगभग सबैजसो सवालहरूमा मैले आफ्नो धारणा राख्ने जमर्को गरेको छु । यहाँ दिइएका जवाफमध्येका केहि यसअघि नै बिभिन्न लेखहरूमार्फत् मैले लेखिसकेको कुरा जानकारी गराउन चाहन्छु ।
१) के नेपालका ख्रीष्टियानहरूको यहाँ कुनै इतिहास छैन? के उनीहरू २-४ दशक अगाडि आएर हुकुम चलाउन खोज्नेहरू हुन् ?
नेपालमा सर्बप्रथम ख्रीष्टियान मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृतसमेत् गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् ।
यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू ब्यवस्थित हिसावले चाहिँ सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा “द एजम्प्सन अफ आवर लेडी” नामको चर्च सुरु गरे । जुन नामको चर्च ललितपुरको भनिमण्डलमा आजपर्यन्त छँदैछ ।
पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा दर्जनौं नेपाली ख्रीष्टियानहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा तिनका सन्तानहरूलाई भेट्न सकिन्छ ।
नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्छ कि नेपालका ख्रीष्टियानहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीको डाँडाबाट काठमाडौं खाल्डोलाई हेर्नुअघि नै यहाँका थुप्रै मानिसहरू ख्रीष्टियान भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका ख्रीष्टियानहरूको इतिहास पुरानो छ ।
२) सत्रौं सताव्दीमा भित्रिएका ख्रीष्टियानहरू र सदियौंदेखि यहाँ चलिआएका अन्य धर्मका अनुयायीहरूको तुलना एकसमान कसरी हुनसक्छ ? ती दुवैथरिकाहरूको राज्यमाथिको अधिकार कसरी एकै हुनसक्छ ?
यतिबेला नेपाल देश र यहाँको धार्मिक विविधतालाई एउटा संयुक्त परिवारसँग तुलना गर्नु उचित लाग्यो । परिवारमा ८० बर्ष नाघेका बुढा मानिसहरू पनि छन्, र भर्खर २-३ बर्षका बालबालिकाहरू पनि छन् । यस्तो अवस्थामा ८० बर्ष नाघेका बुढा मानिसले- म यो घरको पुरानो व्यक्ति हुँ, मैले दशकौं अघिदेखि यस घरको निम्ति दु:ख गरेको छु, त्यसैले भर्खर जन्मेका बालबालिकाहरूको बाँच्न पाउने अधिकार र मेरो बाँच्न पाउने अधिकारको कुनै तुलना नै हुन सक्दैन । यिनीहरू त हिजो जन्मेका न हुन्, यिनीहरूको त्यति बढी हेरविचार वा वास्ता गरिनु आवश्यक छैन भनेर भन्यो भने के होला? के यो कुनै सुहाउने कुरा हो र?
चाहे ८० बर्षअघि जन्मेको मानिस होस् या १ दिनअघि जन्मेको नै किन नहोस्, दुबैको बाँच्न पाउने अधिकार बराबर हुन्छ । चाहे नयाँ होस् वा पुरानो “मान्छे” – “मान्छे” नै हुन्छ । त्यसरी नै चाहे हजारौं बर्षदेखि यस देशमा चल्दै आएको आस्था होस्, वा केहि बर्ष अघिमात्रै भित्रिएको आस्था होस्; “आस्था” – “आस्था” नै हुन्छ । नयाँ भित्रिएको हुँदैमा कम मूल्यको मान्न मिल्दैन ।
३) धर्मपरिवर्तन अपराध हो कि अधिकार हो ?
एउटा व्यक्तिलाई कम्तिमा आफ्नोबारेमा स्वनिर्णय गर्ने अधिकार हुनुपर्छ । के लगाउने, के खाने, कहाँ घुम्न जाने, घरमा कुन रंग लगाउने, कुन पार्टीलाई भोट हाल्ने वा कुन आस्थाको पछि लाग्ने भन्ने जस्ता व्यक्तिगत निर्णयको अधिकार हरेक व्यक्तिमा हुन्छ । यसमा अरूहरूले बाधा दिन मिल्दैन । व्यक्तिले चाहे नेपालमै बस्न पनि सक्छ, विदेश जान पनि सक्छ । उसले चाहेको खण्डमा पहिलाकै आस्थाको पछि लागिराख्न पनि सक्छ र नयाँ छान्न पनि सक्छ ।
यो अकाट्य सत्य हो कि जबर्जस्ति रुपमा कसैले अरूको धर्मपरिवर्तन गराउन भने मिल्दैन । यसको साथसाथमा राज्यले पनि जनतालाई तैंले यहि धर्म मात्रै मान्नुपर्छ भनेर जबर्जस्ति गर्न मिल्दैन । नेपालको परिप्रेक्ष्यमा उदाहरणको रुपमा भन्नुपर्दा कुनै ख्रीष्टियानले जबर्जस्ति रुपमा अरूहरूलाई ख्रीष्टियान बनाउन मिल्दैन र राज्यले कसैलाई जबर्जस्ति रुपमा “तँ जे थिइस्, त्यही नै रहनुपर्छ, धर्मपरिवर्तन गर्न पाउँदैनस्” भन्न पनि मिल्दैन । यो त बिल्कुल व्यक्तिगत कुरा हो, यहाँ राज्य बिचमा आउनु जरुरी छैन ।
४) त्यसो हो भने ख्रीष्टियानहरू किन जबर्जस्ति धर्मपरिवर्तन गराउँछन् त?
यो निकै गम्भीर सवाल हो । धेरैपटक उठेको सवाल पनि हो । बाइबलले त आफ्नो छिमेकीलाई प्रेम गर्न सिकाउँछ, आफ्नो शत्रुलाई समेत् प्रेम गर्न सिकाउँछ । बाइबलले अरूहरूलाई जबर्जस्ति गर्न कदापी पनि सिकाउँदैन । एकातर्फ बाइबलले यस्तो सिकाउने अनि अर्कोतर्फ ख्रीष्टियानहरू बलजफ्ती वा प्रलोभनमा पारेर मानिसहरूलाई वाक्क पार्ने । यो कुरा घामझैं छर्लंग छ कि कहीं न कहीं समस्या त पक्कै छ ।
ख्रीष्टियानझैं देखिने केहि अनौठा समूहको प्रवेश नेपालमा पनि भएको छ । चिटिक्क कपडा लगाएर घरघर डुल्ने उनीहरूले पनि बाइबल नै पढ्ने भएका कारण धेरैले उनीहरूलाई नेपालका सम्पूर्ण ख्रीष्टियानहरूको प्रतिनिधि सम्झन्छन् । त्यो गलत सोचले नै अहिलेको ख्रीष्टियान-विरोधी भावनाहरू जन्माएको हो ।
उनीहरू वास्तवमा ख्रीष्टियानहरू होइनन् । बाइबल र ख्रीष्टियमतको आधारभूत कुराहरूलाई समेत् स्वीकार नगर्ने उनीहरूले आफू ख्रीष्टियान हुँ भनेर कहिल्यै भन्दैनन् । आफ्नो घरमा आउने वा बाटोघाटोमा भेटिने उनीहरूलाई तपाईंहरूले सिधै “के तपाईं ख्रीष्टियान हो?” भनेर सोध्नुभयो भने उनीहरूले जरुर “होइन” भन्नेछन् ।
उनीहरूले हिन्दु, बुद्धिष्ट, मुस्लिम वा अन्य कुनै धर्ममा आस्थावान व्यक्तिलाई भन्दा बढी एउटा ख्रीष्टियानलाई पछ्याउँछन् । त्यसको उदाहरण म आफै र धेरै ख्रीष्ट विश्वासीहरू छन् । जुन समस्याले आफुलाई नै सताइरहेको छ, त्यही समस्याको झुटो दोष पनि उल्टै आफैमाथि लाग्नु सानो पीडाको विषय पक्कै होइन । अरू धर्ममा भएका कतिपय विकृतिहरूजस्तै ख्रीष्टियानको पहिचान बेच्ने गरेर सुरु भएका यी गतिविधिहरूलाई पनि विकृतिको रूपमा सम्बोधन गरिनुपर्दछ ।
यदि कसैले साँच्चै जबर्जस्ति नै गर्दैछ वा मानिसहरूको इच्छाविपरित उनीहरूलाई बाधा पुग्ने गरेर आफ्नो कुरा राख्दैछ भने त्यसलाई सामाजिक अपराधअन्तर्गत राखेर कारवाही गरिनुपर्छ । त्यहाँ धर्मको कुरा ल्याउनु आवश्यक नै छैन ।
५) ख्रीष्टियानहरू किन प्रलोभनमा पारेर धर्मपरिवर्तन गराउँछन् ?
तिमी ख्रीष्टियान बन, त्यसवापत् तिमीलाई म यति पैसा दिन्छु भनेर कुनै ख्रीष्टियानले कसैलाई भन्दैन । लागेका आरोपहरूमध्येका अधिकांस कोही कसैले फैलाइदिएको अफवाहहरू मात्र हुन् ।
सयौं घुसखोरी सरकारी कर्माचारीहरूका साथमा निकै शक्तिशाली भनिएका नेताहरू समेत् भ्रष्टाचारमा मुछिएर जेलजीवन काटिसकेको यो देशमा आजसम्म किन कोही ख्रीष्टियान पैसा दिएर ख्रीष्टियान बनाएको प्रमाणित आरोपमा पक्राउ परेन? वास्तवमा यहाँ “पैसा दिन्छु, ख्रीष्टियान बन” भनेर कसैले कहिल्यै भनेकै छैन । सामाजिक सेवाका निम्ति ख्रीष्टियानहरूको लगावलाई बंग्याउनुसम्म बंग्याएर पैसाको कुरालाई अगाडि ल्याइएको छ ।
६) ख्रीष्टियानहरूद्वारा संचालित एनजीओ/आइएनजीओहरूले किन ख्रीष्टियान धर्मलाई नै बढावा दिन्छन् ?
ख्रीष्टियानहरूले चलाएका एनजीओ/आइएनजीओहरूले एउटा कामको लागि पैसा ल्याएर धार्मिक सवालमा लगाउनु हुँदैन । उनीहरूले जे कामको लागि ल्याएको रकम हो त्यसैमा लगाउनुपर्छ । आजसम्म कुनै एनजीओ/आइएनजीओबाट त्यसप्रकारको काम भएको पनि छैन ।
तर सुन्तला घारीमा सुन्तलाको बास्ना आउनु अनि आँप घारीमा आँपको बास्ना आउनु अस्वभाविक कुरा भने पक्कै होइन । एउटा धर्मनिरपेक्ष राष्ट्रले आफ्नो प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा हिन्दु देवता देवीहरूको मूर्ति राखेर अनि राज्यको प्रतिष्ठित निकाय समाज कल्याण परिषद्ले आफ्नो भवनभित्र मन्दिर नै स्थापना गरेर एकल धार्मिक समुदायको पक्षपोषण गर्दासमेत् आजसम्म कसैले विरोध गरेको छैन । ती कुराहरूलाई यस देशको पहिचानको रूपमा यहाँका ५० लाख गैह्रहिन्दुहरूले मानेका छन् ।
यदि त्यसो हो भने ख्रीष्टियानद्वारा नै चलाइएका संघसंस्थाले आफ्नो धार्मिक पहिचान लुकाउनुपर्ने भन्ने तर्क कत्तिको न्यायोचित हो? हिन्दु रीतिविधीअनुसार पुजाआजा गरेर प्रधानमन्त्रीले विमानस्थल शिलान्यास गर्न हुन्छ भने ख्रीष्टियानहरूले आफ्नो संस्थामा/संस्थाका कार्यक्रमहरूमा प्रार्थना गर्न किन नहुने ? ख्रीष्टियान विधीहरू पालना गर्न किन नहुने? अरू समुदायहरूका साथसाथै ख्रीष्टियान समुदायको हकहितमा पनि आफ्ना कार्यक्रमहरू संचालन गर्न किन नपाउने ?
७) ख्रीष्टियानहरूले चलाएका बालगृहका बालबालिकाहरूलाई किन ख्रीष्टियान नै बनाइन्छ ?
कुनै पनि आमाबाबुले आफ्नो घरमा जन्मेको नवजात शिशुलाई सोधेर उसको धर्म निर्क्यौल गर्दैन । एउटा हिन्दुले आफ्नो बच्चालाई नसोधिकन नै उसको न्वारन गरिदिन्छ, मुस्लिमले आफ्नो छोरालाई नसोधिकन नै उसको खतना गरिदिन्छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि आफ्नो आमाबाबुले बालबालिकाहरूमाथि आफ्नो रीतिरिवाज तथा चालचलन लागु गराउनु कुनै नौलो कुरा होइन । त्यो उनीहरूको अधिकार पनि हो । यसमा आजसम्म कसैले प्रश्न उठाएको छैन ।
नेपालले समेत् हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र (International Covenant on Civil and Political Rights-ICCPR) १९६६ को धारा १८ को उपधारा ४ ले यसरी उल्लेख गरेको छ :
The States Parties to the present Covenant undertake to have respect for the liberty of parents and, when applicable, legal guardians to ensure the religious and moral education of their children in conformity with their own convictions.
अन्तर्राष्ट्रिय घोषणापत्रको यस धाराले कानूनी बाबुआमा (जसमा बालगृह संचालकहरू पनि पर्दछन् ) लाई आफ्नो संरक्षणमा रहेका बालबालिकाहरूलाई आफ्नै आस्थामा हुर्काउन पाउने अधिकार दिएको छ र हाम्रो देश नेपालले पनि यसमा आफ्नो समर्थन जनाइसकेको छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि बालगृह संचालक हिन्दु, मुस्लिम, बुद्धिष्ट, ख्रीष्टियान जोसुकै भए पनि बालबालिकाहरू १८ वर्ष नपुग्दासम्म संरक्षककै आस्थामा हुर्काउन पाउने अन्तर्राष्ट्रिय कानुन छ ।
सबैले निसंकोच आआफ्नो आस्थामा बालबालिकाहरूलाई हुर्काइराखेको भए तापनि ख्रीष्टियान समुदायलाई मात्रै तोकेर दोष्याइनुको प्रमुख कारण अनाथ बालबालिकाहरूको पक्षमा ख्रीष्टियान धर्मावलम्वीहरूको ठुलो लगाव हुनसक्छ ।
ख्रीष्टियानहरू आफ्नो संख्या बढाउनका लागि मात्रै सेवाका कामहरू गर्दैनन् भनेर सबैले बुझ्नु जरुरी छ । पवित्र धर्मशास्त्र बाइबलमा यसरी लेखिएको छ: “परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलंक राख्नु ।” याकूब १:२७
बाइबलले अनाथ र विधवाको सहायता गर्ने कामलाई सबैभन्दा शुद्ध र पवित्र धर्मको रुपमा चित्रण गरेको छ । यही कारणले ख्रीष्टियानहरू अरूहरूको तुलनामा धेरै सेवाकार्यका संलग्न छन् भनेर सबैले बुझ्नु आवश्यक छ ।
८) किन मिडियामा ख्रीष्टियानविरोधी समाचारहरू आइराख्छन् ? हावा नचली पात हल्लिन्छ र ?
नेपालका मिडियाहरूले ख्रीष्टियानहरूको सवालमा पत्रकारिताको धर्म नै बिर्सेका छन् । ख्रीष्टियान समुदाय आफ्नो शत्रु नै हो भन्ने भान पर्ने गरेर राम्रा कामहरूलाई लुकाउने र नराम्रा कुराहरूलाई बढाइचढाइ फुकाउने गरिएको छ । उदाहरणको लागि भूकम्पको संकट परेका बेलामा राज्यसमेत् नपुगेको ठाउँहरूमा पुगेर आफ्नो अर्को नभनी लाखौँ जनतालाई राहत वितरण गरेको कुराहरूलाई चटक्कै विर्सेर हुँदै नभएको कुराहरूलाई उचाल्ने काम गरियो ।
अर्को कुरा “ख्रीष्टियानहरूको विरोध” नेपाली मिडियाहरू (मुख्यतः अनलाइन मिडिया) का निम्ति चर्चा कमाउने राम्रो तरिका बनेको छ । बाहिर आएका सबै खवरहरू झुटा हुन् भन्नु मेरो आशय होइन ।
घटना विवरण समाचारका लागि योग्य/अयोग्य के छ भनेर नबुझिकनै संचारमाध्यममा ल्याइनु, आरोपित व्यक्तिको तर्फबाट एउटा पनि कुरा नलेखिनुले नेपाली संचारजगतले यहाँको ख्रीष्टियान समुदायप्रति अन्याय गरेको प्रष्ट हुन्छ ।
हावा नचली पात हल्लिंदैन भन्ने कुरा एक हदसम्म सहि नै हो । तर पात हल्लिनलाई हावा नै आउनुपर्छ भन्ने पनि छैन । कहिलेकहिले बाँदरहरू आइदिन्छन् र पातमात्रै होइन, हाँगैसमेत् हल्लाईदिन्छन् । (उदाहरणको निम्ति प्रयोग गरिएको “बाँदर” शव्दलाई नकारात्मक रूपमा नबुझ्नुहुन अनुरोध छ ।)
९) सरकारले यत्तिको मान्यता दिंदादिंदै पनि ख्रीष्टियानहरूलाई किन नपुगेको ?
सरकारले ख्रीष्टियान समुदायलाई आजसम्म जुन मान्यता दिएको छ, त्यसका निम्ति नेपाली ख्रीष्टियान समुदाय नेपाल सरकारप्रति धन्यवादी छ । यति हुँदाहुँदै पनि सरकारसँग हाम्रो गुनासोहरू धेरै छन् ।
केहि वर्षअघि ख्रीष्टियानहरूले पशुपतिमा लास गाड्न थाले, हिन्दु धार्मिकस्थलमा कव्जा जमाउन थाले भनेर अनेक अफवाहहरू फैलाइयो । तर वास्तविकता बुझ्ने फुर्सद कहिल्यै भएन । पशुपति हिन्दु धार्मिकस्थल भएकैले गर्दा ख्रीष्टियानहरूले त्यहाँ लास गाड्न गएका थिएनन्, त्यो त उनीहरूको अन्तिम विकल्प थियो । सरकारले उपलव्ध गराउँछु भनेर प्रतिवद्धता जनाएको समाधिस्थल आजसम्म कहींकतै उपलव्ध गराएको छैन ।
मृत्यूसंस्कार जस्तो अति भावनात्मक विधि पूरा गर्ने सवालमा सरकारले ख्रीष्टियान समुदायलाई पूरै वेवास्ता गर्नु सुहाउने विषय पक्कै होइन । सरकारले सबै जिल्लामा समाधिस्थलको निम्ति ख्रीष्टियान समुदायलाई जग्गा उपलव्ध गराउनुपर्छ । यदि त्यसो गर्न सम्भव हुँदैन भने स्पष्ट रूपमा आफ्ना निम्ति समाधिस्थल आफै किन्न निर्देशन दिनुपर्छ र त्यो ठाउँको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।
ख्रीष्टियानको बच्चा जनैपूर्णिमा वा इदको बिदा घरमै बसेर कटाउनेछ, तर ख्रीष्टमसको दिन बिहानै पोशाक लगाएर विद्यालय जानेछ । किनकि अब उसो ख्रीष्टमसमा सार्वजानिक विदा हुनेछैन, उसको विद्यालयमा साविकमा झैं पढाइ हुनेछ । गैह्र-सरकारी तथा व्यापारिक क्षेत्रमा काम गर्ने हजारौं ख्रीष्टियानहरू ख्रीष्टमसको दिनमा आफ्नो काम गर्न बाध्य हुनेछन्, किनकि उत्सव मनाउने उनीहरूको अधिकार हरण गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ख्रीष्टमस बिदा कटौतीको निर्णयले नेपाली ख्रीष्टियान समुदायलाई निकै ठुलो भावनात्मक चोट लागेको छ । दशैं, तिहार वा अन्य थुप्रै चाडका थुप्रै बिदा धेरै नभएको हाम्रो देशलाई एउटा समग्र समुदायको प्रतिनिधित्व गर्ने “ख्रीष्टमसको एक दिन बिदा” धेरै भएको छ ।
यी त केहि उदाहरणहरू मात्रै हुन् । हरेक नागरिकले पाउनुपर्ने थुप्रै नागरिक अधिकारहरूबाट राज्यले ख्रीष्टियानहरूलाई बन्चित गरेको छ । त्यसकारण नेपाल सरकारसँग नेपाली ख्रीष्टियान समुदायको गुनासो छ । गुनासो हुँदाहुँदै पनि “शासन गर्ने प्रशासकहरूको अधिनतामा बस” भन्ने बाइबलको आज्ञालाई शिरोपर गर्दै नेपालका ख्रीष्टियानहरू राष्ट्रनिर्माणको काममा सरकारलाई सघाउन हरघडी तयार छन् ।
१०) ख्रीष्टियानहरूले अरूहरूको सम्मान किन गर्दैनन् ?
“आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु” भन्ने बाइबलको आज्ञालाई कसरी कोही ख्रीष्टियानले नजरअन्दाज गर्न सक्ला ? ख्रीष्टियानहरूले अरू आस्थाका मानिसहरूलाई अति सम्मान गर्दछन् ।
मैले यति मात्रै भन्ने हो भने पाठकमध्येका कसैलाई पनि यो कुरा चित्त बुझ्नेछैन भनेर म जान्दछु । हामी यो स्वीकार गर्दछौं कि यदाकदा ख्रीष्टियानहरूले अरूहरूलाई होच्याउने वा तथानाम भन्नेगरेको सुनिएको छ । त्यो सिक्न नसक्ने चेला वा सिकाउन नसक्ने गुरुको कारण उत्पन्न परिस्थिति हो । ख्रीष्टियान समुदायले आफ्ना मानिसहरूबाट हुनेगरेका त्यस्ता गतिविधिहरूको निराकरणका निम्ति पाइला चाल्नुपर्छ । पछिल्लो समय अरूलाई लान्छना नलगाउन थुप्रै चर्चहरूले आफ्ना सदस्यहरूलाई सिकाएका छन् र त्यसले देखिनेगरि परिवर्तन पनि ल्याएको छ । हिन्दु वा अरू कुनै धर्मका मानिसहरूले पनि ख्रीष्टियानहरूलाई यसप्रकारको दोष लगाएर पानीमाथिको ओबानो बन्न भने कदापि मिल्दैन । होच्याउने र गाली गर्ने कुराले ख्रीष्टियानहरू नै पनि पीडित छन् ।
निष्कर्ष:
नेपालका ख्रीष्टियानहरू यो देशका दुश्मनहरू होइनन् । अरूहरूलाई झैं, सम्भवत: अरूहरूलाई भन्दा पनि बढी यो देशको माया छ उनीहरूलाई! अरू धर्म, जातजातिहरू जस्तै ख्रीष्टियानहरूको पनि यस देशमा लामो इतिहास छ । यस देशको शिक्षा, स्वास्थ्य र सामाजिक समानताको क्षेत्रमा थुप्रै अग्रज ख्रीष्टियानहरूले गरेको मेहनत आजसम्म पनि उल्लेखनीय छ। ख्रीष्टियानहरूलाई यस्तो र उस्तो भन्नुको सट्टा सबै जातजाति, धर्मधर्मावलम्बीहरू मिलेर गुण र दोषका आधारमा समर्थन वा बिरोध गर्ने सभ्य परिपाटीको थालनी गर्दा कसो होला?
साभार : नेपाल चर्च डट कम

Thursday, 18 January 2018
शैतानकाे युत्ति - ज्ञानु गिरी
"सुनसान जंगलको बाटो जादै थिए...अचानक अनौठो किसिमको हो-हल्ला सुनें, केको हल्ला हो हेर्नुपर्यो भन्ने मनसायले म त्यहीँ आवाजलाई पैल्याउदै आफ्नो पाइला लम्काए। अलिकति अघि बढेपछि म झस्किए किनकि मैले अचम्मको कुरा देखे, त्यहाँ त सैतान उसको सेनाहरुको गोप्य महासभा पो चल्दै रहेछ। अरु के-के हुँदा रहेछ भनेर लुकेर नियाली बसें, त्यो महासभाको प्रमुख चै स्वयं दियाबलस रहेछ। अनि लाखौं घिनलाग्दा भुतात्माले घेरिएर बसेको दियाबलस सैतान अलिक निराशा देखिन्थे। महासभामा विभिन्न घिनलाग्दा फोहोरी रीस उठ्दा आत्माहरु उपस्थित थिए झुटको आत्मा, ब्यभिचारको आत्मा, हत्यारा आत्मा, चोरीको आत्मा, निराशाको आत्मा, रोग बिराम फैलाउने आत्मा, आदि इत्यादि। ... महासभामा छलफल सुरु हुन भन्दा पहिला सानातिना भुतात्माहरु द्वारा सैतानको जयजयकार गरियो..." महाराज दियाबलसको जय "
"दियाबलस गर्जदै भन्यो :~ समय अल्प छ। अन्त्य आइसक्यो हाम्रो बिनास निश्चित छ, तर हामीले धेरैलाई फँसाउनु छ। त्यसैले तिमीहरूको केहि समस्या सुझाव छ भने भन..? त्यसै बिच एउटा मरन्च्यासे भुतात्मा रुनखोज्दै बोल्यो, "महाराज बिस्वासीहरु फँसाउन एकदमै गार्हो भैरहेको छ। किनकि मण्डलीमा पहिला जस्तो सिधै आक्रमण गर्न गार्हो छ। ठुला- ठुला प्रचारकहरु पैदा भएका छन् तिनीहरूले प्रचार गर्दा त हाम्रो केहि लागेन , सतावटमा जेलमा पर्दा पनि येसुबाट अलग हुँदैनन् झन येसुको महिमा गर्दै आनन्द मनाउछन्, त्यसैमा एउटाले थप्यो, " महाराज तिनीहरुलाई सिधै झुट बोल्नको निम्ति फँसाउन गार्हो भयो। किनकि तिनीहरूले बाइबल धेरै पढ्न थालेकाछन् अनि हामीलाई येसुको नाउँमा झुटको आत्मा दुर होइजा भन्दै भगाउँछन् के गर्ने होला अबो, प्रार्थना गर्न पनि रोक्न सक्दैनौं। मण्डली जान पनि तिनीहरु जोसिलो भएका छन् मन्डली जान पनि रोक्न सकिन्न बाइबल पनि जागर लगाएर पढ्न थालेकाछन् महाराज हाम्रो त केहि नलाग्ने भयो ।
सैतान भुतात्माहरुको कुरा सुनेर एकछिन घोरिएर सोच्यो अनि फेरि बोल्यो, " तिमीहरू किन चिन्ता गर्छौं अहिलेसम्म त संसार मेरो हो म यो संसारको देव हुँ। तिमीहरूले आत्तिनु पर्ने कुनै कुरा छैन बरु ध्यान दिएर मेरो "युक्ति" सुन।
"अब इसाईहरुलाई कसरी फँसाएर येसुदेखी टाढा पार्नुपर्ने हो। त्यो कुरा म तिमीहरूलाई सिकाउछु, "सैतानले तेसोभन्दा न्याउरो अनुहार पारेर बसेका भुतात्माहरु पनि ठाडो नजरले मन्द मुस्कान त्यो घिनलाग्दो अनुहारमा देखाए। सैतानले सबैको ध्यान आफुतिर केन्द्रित गर्दै भन्यो, " हेर, अबो तिमीहरूले इसाईहरुलाई मण्डली जान पनि नरोक्नु, प्रार्थना गर्न पनि नरोक, बाइबल पढ्न पनि नरोक, रोग बिरामले पनि नसताओ, सतावटमा पनि नपार... तर यसो गर तिमीहरू पनि मण्डली भित्रै प्रवेश गर, जब प्रचारकले वचन प्रचार गर्न सुरु गर्छ। अरुलाई चाहिँ निन्द्रामा पार, आमा दिदिबहिनीहरुलाई गफमा भुलाओ, त्यो देखेर प्रचारक निराश हुनेछ। अनि कसैले वचन बुझ्ने छैन र परमेस्वरको आज्ञा उलंघन गर्न सुरु हुनेछ। र त्यहीँबाट सबै सर्बनासको सुरुवात हुनेछ, जब वचन नबुझेपछि मण्डलीमा कुरौटे आत्माले काम गर्नु अनि विशेष गरि महिलाहरुले एकले अर्काको विरुद्धमा खिल्ली उडाउदै परमेस्वरको आरधना बिटुलो पार्नेछ। अगुवाहरुमा पनि प्रचुर मात्रामा घमण्ड हालिदेओ ताकी तँ जान्ने कि म जान्ने भन्दै झगडा गरुन् , बाइबल कलेज पढेको ज्ञानिहरुलाई झन बढी ज्ञानको घमण्ड हालिदेउ ताकी तिनीहरुले अगुवाहरुको अनादर गर्दै मण्डली फुटाओस, सुन्दर जवान जवानीहरुमा रुपको कलाको घमण्ड हालिदेओ, ताकी तिनीहरु येसुको भन्दा आफ्नो महिमा गरुन्, र अन्त्यमा ब्यभिचारमा फसाओ , यसरी सबैको बचन सुन्नबाट ध्यानभंग गरेपछि तिनीहरुले परमेस्वरको सत्यता बुझ्ने छैनन् र मण्डलीमा झुटा शिक्षाको साथमा हामी राज गर्नेछौं। अनि तिनीहरु मण्डली तजान्छन् , बाइबल पनि पढ्छन् , तर मन मुटाबको साथमा एक अर्काको कुरा काटुन् अनि घमण्डले फुलिन भेला हुनेछन्। दियाबलसले यसो भनिसकेपछि सबै भुतात्माहरु खुशीले चिच्याउदै सैतानको फेरि जयजयकार गरे। र सैतानको त्यो युक्ति सिरोपण गर्दै बिस्वासीहरुलाई फसाउन निस्किए.....
अबुइ....
कस्तो खतरा युक्ति...
कतै तपाईले सेवकाई गर्ने मण्डलीमा त सैतानको युक्ति प्रवेश गरिसकेको छैन ?
कतै मण्डली मण्डलीका आमा दिदिबहिनीहरुमा ती कुरौटे आत्माले आक्रमण गरिसकेको त छैन ?
कतै जवानहरुमा मन मुटाबपो सुरु भै सकेको छन् कि..?
अगुवाहरुमा घमण्डको नमुना देखा परिसकेको छन् कि..?
बिस्वस्सीहरु बिच दुश्मनी , झगडा , ईष्र्या, बदख्वाई देखासिकीको आत्माले राज गरिसकेको पो छ कि..?
बाइबलीय वचन लिएर विवाद भैरहेको छ कि..?
मण्डलीमा फुट हाल्नेआत्माले काम गरिसकेको पो छ कि..?
कतै तपाईलाई नै त सैतानले ब्यस्त बनाइरहेको त छैन ?? होस् पुर्याउनुहोस् पक्कै पनि सैतानले तिब्ररूपमा हामीलाई फसाउन विभिन्न जाल रचिरहेको छ, माथिको एउटा काल्पनिक कथा भएता पनि त्यसमा बास्तबिकता लुकेको छ। अनि हामीलाई सजग वा चनाखो रहन सिकाउदछ। निक्कै पटक हामीले थाहा नै नपाई सैतानको पासोमा परिसकेका हुन्छौं, घमण्डले, अज्ञानताले, हामी भित्र बास गरिसकेको हुन्छ। त्यसैले आजै बाट सैतानको युक्तिहरुलाई इन्कार गर्दै, होस् पुर्याएर जीवनको लागि उहाँको सेवामा लिन हौं। साभार ः नयाँ अाशा.कम

हाम्रो गल्ती देखाई देउ सरकार - अाकाश मगर, उदयपुर ।
के गल्ती भयो सरकार हाम्रो?
प्रसङ्ग जोड्न चाहेको कुरा आज नेपाल बहु धार्मिक साँस्कृतिक र भाषिक भएको गणतान्त्रीक देश बनि सक्दा पनि नेपाली इसार्इहरु माथि केहि धर्मका खोल ओढेका कथित ब्यक्तिहरु र सरकारमा बसेर आफ्नो राजनीतिक अस्तित्व बचाउन सदियौ देखि भाइचारामा बस्दै आएको धार्मिक सम्प्रदायमा बेमेलको अवस्था सृजना खडा गर्ने दक्षिण पन्थिहरु, लम्पसारबादी र अवसरबादी नेताहरु आज खुलेआम देशका इसाई जनताको बिरोधमा उत्रीरहेका छन। आज सोध्न मनलागेको छ कि इसाईहरु देशको नागरिक हुन कि होइनन? यदि हुन भने किन चर्चमा बम पड्काईदा, इसाईहरुलाई केन्द्रीकृत गरि गोली चलाईदा सरकार किन मौन छ, पत्रकारका कलम किन चल्दैनन? एउटा गुन्डा माथि गोली चल्छ हस्याङ्ग फस्याङ्ग गर्दै मन्त्री भेट्न पुग्छ, पत्रीकाको हेड लाईन गुन्डा नाईके माथि गोलि प्रहार लेखिन्छ। आखिर के बिगारे इसाईहरुले र देशको तेस्रो दर्जामा राख्यौ सरकार? के देश रुँदै गर्दा देशको आँसु पुछिदिनु गल्ती भयो? के भोकाहरुलार्इ भोजन जुटाउनु अपराध भयो? नाङ्गोहरुलाई बस्त्र दिनु गल्ती भयो? कि देशमा शान्ति आओस भनेर हरेक समय ईश्वरसङ्ग देशको लागि प्रार्थना गर्नु हाम्रो गल्ती भयो? के सडकमा अलपत्र देखिएको वृद्द आमा बुवालाई देखेर वृद्दआश्रम खोल्नु गल्ती हो? कि कुलतमा फँस्दै गरेका टुहुरा गरीबहरुलाई लगेर बालआश्रममा राख्नु गल्ती भयो? असत्यलाई त्यागेर राम्रो गर धर्म गर भन्नु गल्ती हो? कि त धर्म प्रचार नगरेर पाप प्रचार गर्नु पर्ने थियो? भन के गल्ती गरे इसाईहरुले र यहाँ दिँउसै गोली चलाउँदा तिम्रो सुरक्षा कर्मी कानमा तेल लाएर बस्छन।
के देशमा इसाईहरुलाई मानव अधिकार छैन ?
सरकार इसाईहरुको सहनशिलताको धेरै परीक्षा नगर्नुहुन अनुरोध गर्दछु। इसाईहरुले बनाएको अस्पताल लिन सक्छौ, हाइड्रोपवर लिन सक्छौ, भोट लिन सक्छौ किन सुरक्षा दिन सक्दैनौ सरकार?
कि हामीले हाम्रो अधिकारको लागि सडकमा टाएर नबाल्नु हाम्रो गल्ती भयो? कि हामीले देश बन्द गरेर ढुङ्गा हानाहान नगर्नु हाम्रो गल्ती भयो? माफी चाहान्छु सरकार यदि कारणहरु यहि हो भने। यदि इसाईहरु देशमा तेस्रो दर्जाका नागरिक हुन भने, यदि इसाइहरुको कुनै अस्तित्व छैन जस्तो लाग्छ भने। हात जोडेर भन्छु सरकार देशका इसाई INGO हरुलाई देशमा आउन नदिएर देखाउ, युरोपियन देशहरुबाट आएको सहयोग अनुदान हरु अस्विकार गरेर देखाउ, इसाई देशहरु घुम्न नगएर देखाउ। होईन भने आफ्नो राजनीतिक स्वार्थका लागि इसाईहरुलाई शत्रु नबनाउ। भन्ने नै हो भने हामीलाई मान्छेको सुरक्षा गर्ने सरकार चाहिएको छ, नरसंहार गरेर पशु बचाउने होइन।
चुनाैती नै दिनु हो भने देशका ३० लाख इसाईहरु तिम्रो गोली र वमको कुनै परवाह गर्दैन, आफ्नो आस्था र बिस्वासको लागि। ईतिहासमा कोरिएका अक्षरहरु आज सम्म जीवन्त छ कि कसरी राजा पृथ्वीनारायण शाहले पाटनका १४ घर इसाईहरुलाई १७औं शताब्दीमा देश निकाला गरेर २०० बर्ष इसाईहरुलाई प्रतिबन्ध गर्दा आज २१औं शताब्दीमा इसाईहरु सङ्ख्या र बिस्वासमा बढिरहेका छन, बुझेको भए राम्रो हुने थियो। राणा र पञ्चायतहरुको सतावटबाट नमासिएका इसाईहरुलाई किन यस्ता डर देखाउँछौ? छाती फुलाएर भन्नु पर्दा म नेपाली इसाई हुँ, नेपाली नागरिक हुँ ,नेपाल हाम्रो घर हो यसैले हाम्रो मौनताको फाईदा कसैले पनि नउठाओस, निदाएको सिह गर्जन सक्छ।
बरु सम्झना गराउँछु जर्मनको हिटलरले हजारौं यहुदीकाे हत्या गर्यो तर आज अमेरिका उनै यहुदीहरुको कारण शक्तिशाली भएकोछ। तत्कालिन रोमका सम्राट नेरोले इसाईहरुको हत्या गर्यो निर्दोश मानिसहरु मारे तर खै बिलय भएको इसाई? इराक, सिरियामा ISIS ले इसाईहरुको संहार गर्यो तर आज त्यही इसाईहरु वृद्दी हुँदैछ चिनमा कम्युनिष्टहरुले हजारौं इसाई नरसंहार गरे तर १५-२० करोड मानिस इसाई भएका छन खै त सतावट र बमले सखाप भएको? यसैले चुनौतिका साथ बिन्ती गर्छु नाङ्ग्लो ठट्टाएर हात्ती खेद्ने प्रयास नगर्नु। आगोले जलेर नष्ट नहुने इसाईलाई किन आगो लाउने प्रयास गर्छौ ? सद्रक, मेसक, अबेदनगो र समस्त रोमी ईतिहासका इसाईहरु एक जीवन्त उदाहरण हुन, बम र बारुद्ले नसकिने इसाई, नाईजेरिया, पाकिस्तान, अफगानिस्तान, भारत, नेपाल, सिरिया, लिबिया, इराक र ईरान साक्षी छन।
बरु म भन्दछु जो ईतिहासमा बिलय भएर गएन अब कुनै भविष्यमा बिलय भएर जाँदैन। किन भने हामीमा पनि गोर्खालीकाे रगत बगेको छ, प्रेमले भरिएर बगेको छ, प्रेमले भरिएको यो रगतमा कसैले खेलवाड नगरोस।
केही दिन यता इसाई विरोधी मित्रहरुले हिन्दु सेना तथा शिव सेना नामक समुहहरुले इसाईहरुको मौनताको फाईदा उठाएर इसार्इ मुक्त देश अभियान भन्दै इसाईहरुको बिस्वासमा चोट पुग्ने धम्की र बाईबल जलाउने चोर र डाँकाको शैलीमा झोला खान्तलासी गर्ने कार्य भैरहँदा स्थानिय सरकार र गृह मन्त्रालय अनि प्रधानमन्त्री समेत चुपचाप हुनुले इसाईहरुलाई तल्लो दर्जामा राखेको स्पष्ट बुझ्न सकिन्छ यसैले यो काम बन्द गरियोस भन्न चाहान्छु। हैन भने एक दिन स्वभाव बदलेका सिंहहरु आफ्नो पुरानो स्वभावमा फर्केर आयो भने, अथवा हाम्रो रक्षाको लागि शृष्टिकर्ता समक्ष हाम्रो पुकारा पुग्यो भने त्यो समयको सामना कसैले गर्न सक्ने छैन। एउटा कुरा सबैले बुझ्नु पर्ने कुरा अनि सरकारले बुझ्नु पर्ने कुरा नेपाल देश इसाईको हो, हिन्दुको हो, मुस्लिमको हो, बौदिष्टको हो, किरातीको हो, जैन, सिख सबैको हो, सबैलाई जिउने अधिकार समान छ, तिम्रो त्यो भ्रष्ट हृदयको बहुमतले बनाएको मुलुकी ऐन जुन इसाईहरुको बिरोधको लागि लेख्यौ एक दिन त्यसले तिमीलाई सताउनेछ। जे भए नि हामी हाम्रो देशको सरकारलाई माया गर्छौं, जति धेरै घृणा तिमी सरकार हामी इसाईहरुलाई गर्छौ त्यो भन्दा धेरै माया हामी तिमीलाई गर्छौं। हामी माया गर्छौं सबै धर्मका मानिसलाई जति तिमी हामीलाई घृणा गर्छौ, तिमी प्रति हाम्रो हृदयमा घृणा छैन रिस छैन क्रोध छैन, छ त माया छ, सद्भाव छ। हाम्रो अधिकारको लागि तिम्रो ज्यान लिन सक्दैनौ तर तिमीले जीवन पाँउछौ भने हामी मृत्यु स्विकार्न तयार छौं कारण हामी तिमीलाई माया गर्छौं। साभार ः नयाँ अाशा.कम

मानिसहरू किन बिरामी हुन्छन ? दानियल (बि.पि.) भट्ट
(क) जानी जानी गल्ती गर्ने बानी अर्थात पाप
हामी मानिसहरु नजानीकन थोरै मात्र गल्ती गर्छाैं तर धेरै गल्ती चाहिँ जानेरै गर्छाैं । यसो भन्दा तपाईंलाई अचम्म लाग्ला तर यसमा अचम्म नमान्नुस् कि तपाईंले गल्ती गर्दै हुनुहुन्छ भन्ने कुरा तपाईंको मनले तपाईंलाई भनिराखेकै हुन्छ । उदारणको लागि यदि तपाईंको चुरोट पिउने बानी छ भने । तपाईंले चुरोट पिउँदा तपाईंको मनले भित्रभित्रैबाट तपाईंलाई भनिराखेको हुन्छ, ‘चुरोट पिउनु नराम्रो बानी हो ।’ तर पनि तपाईं चुरोट पिउनुहुन्छ । यदि तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने भ्रस्टाचार गर्नु नराम्रो हो भन्ने कुरा तपाईंलाई थाहा छ । जब तपाइ अवैधानिक तरिकाले आम्दानी गर्नुहुन्छ त्यतिबेला, ‘यो काम गर्नु हुँदैन’ भनेर तपाईंको मनले तपाईंलाई भनिरहेको हुन्छ । तर तपाईं आफ्नो मनको वेदनालाई वेवास्ता गर्नुहुन्छ । यदि तपाईं किसान हुनुहुन्छ भने तरकारीमा विषादी प्रयोग गर्नु नराम्रो काम हो भनेर तपाईंको मनले तपाईंलाई भनिरहेको हुन्छ । तपाईं व्यापारी हुनुहुन्छ भने ग्राहकलाई ठगी गर्नु नराम्रो काम हो भनेर तपाईंलाई अवश्य पनि थाहा हुनुपर्छ । अझ सरल प्रकारले भन्नुपर्दा चाउचाउ, चक्लेट स्वास्थ्यको लागि फाइदाजनक छैन भनेर तपाईंलाई थाहा छ । काठमान्डौका मिठाई पसलमा भएका मिठाईहरु पूर्णरुपले अस्वस्थ छन् भनेर तपाईंलाई थाहा छ तैपनि तपाईं पर्वहरुको बेलामा प्रशस्त मिठाईहरु किनेर पाहुनाहरुलाई खुवाउनुहुन्छ वा आफू खानुहुन्छ (रोमी ७ः७–२५ पढ्नुहोस्) ।
जबसम्म तपाईंको मनमा, “खराब बिचार, व्यभिचार, चोरी हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, इर्ष्या, निन्दा, घमन्ड, मूर्खता” (मर्कूस ७ः २१–२२) हुन्छ तबसम्म तपाईंलाई विभिन्न किसिमका रोगविमार र समस्याहरुले दुःख दिइरहन्छ । ‘शरीरका कामहरु वा पाप स्वभावका कामहरु व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, भैं झगडा, इश्र्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कडपन, अस्लिल मोजमज्जा’ –गलाती ५ः१९–२०) पनि पापहरु हुन् ।
(ख) पापमा रमाइलो गरेको परिणाम
अनि हामी प्रभु येशूलाई विश्वास गरिसकेकाहरुले पश्चात्ताप गर्नुपर्ने कुराहरु पनि यही हो । किनभने यस्ता पापहरु हाम्रा स्वभावहरुबाट आइरहेको हुन्छ । जसरी चितुवाले आफ्नो थोप्ला बदल्न सक्दैन त्यसैगरी पाप गर्ने बानी परेकाहरुले पनि पाप गर्न छाड्दैनन् (यर्मिया १३ः२३) पापचाहिँ तपाईंको स्वभावमै आएको हुन्छ, जसरी सुंगुर र कुकुरको स्वभाव फोहोरी हुन्छ (२ पत्रुस २ः२२), त्यसैगरी मानिसमा पापको स्वभाव हुन्छ । सुँगुरले हिलोमा रमाइलो गरेजस्तै मानिसहरु पापमै रमाइलो गर्छन्, पापमै लडिबुडी गर्छन् । उनीहरुको मुखमा कुवाक्य झुन्डिएको हुन्छ, अरुलाई नराम्रा शब्दहरु प्रयोग गरेर गाली गर्न मानिसहरु खुसी हुन्छन् । अनि मानिसहरुले बोलेका कुवाक्य तथा फोहोरी शब्दहरुबाट पनि दुष्टले मौका पाउँछ र मानिसहरु बिरामी हुन्छन् । उनीहरुको मुखमा निरन्तर फोहोरी शब्दहरु झन्डिएका हुन्छन् । यस्ता फोहोरी शब्दहरु प्रयोग गरेर मानिसहरु मज्जा लिने गर्छन् जसरी सुँगुर हिलोमा लडिबडी गरेर मज्जा लिन्छ । मानिसहरु निरन्तर रुपमा स्वार्थी भएका छन् ।
आजकलका धेरै इसार्इहरुले पनि परमेश्वरलाई समय दिँदैनन्, उनीहरु टिभी, इन्टरनेटमा व्यस्त हुन्छन् तर बाइबल पढ्ने, प्रार्थना गर्ने, बाइबलसँग सम्बन्धित पुस्तकहरु पढ्ने काम गर्दैनन् । यसैकारण अहिलेका मानिसहरु ‘आफैलाई मात्र माया गर्ने, रुपैयाँ पैसाको मोह गर्ने, घमन्डी, हठी, अरुको बदनाम गर्ने, आमा–बुबाको आज्ञापालन नगर्ने, बैगुनी, र अपवित्र, स्वभाविक प्रेम रहितका, खुशी पार्न नसकिने, अरुको बदख्याई गर्ने, दुराचारी, क्रुर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुन्छन्’ (२ तिमोथी ३ः३–१०) ।
साभार ः नयाँ अाशा.कम

मैले धर्म परिवर्तन गरेको होइन - दानियल भट्ट
म एक इसाई हुँ अनि इसाईहरुले जबरजस्ती धर्म परिवर्तन गराए भनेर मेरा आफन्तहरु तथा चिनेजानेका साथीहरु मसँग प्रायः क्रोधित भइरहन्छन् । म छक्क परेर प्रतिवाद गर्दै भन्ने गर्छु, इसाईहरुले कसैको धर्म परिवर्तन गराएका छैनन् । मैले धर्म परिवर्तन गरेको होइन ।
२०५८ सालमा मैले येशू ख्रीष्टलाई विश्वास गरेको हुँ । मलाई कसैले धर्म परिवर्तन गराएको होइन तर येशूसँग जम्काभेट भएपछि उहाँलाई विश्वास गर्न पाउँदा म अहिले ज्यादै खुसी छु । जब म ग्रैह इसाई थिएँ, त्यतिबेला पनि धेरै चुनौतिहरु थिए र अहिले पनि धेरै चुनौतिहरु छन् तर त्यतिबेला ति चुनौति र समस्याहरुले मलाई असाध्यै अशान्तिमा पारेको थियो । अहिले पनि मसँग त्यतिकै चुनौतिहरु छन् तर ति चुनौतिहरुको सामना गर्न मैले शान्ति पाएको छु । त्यस समय आफ्नो दुःख बिसाउने ठाउँ थिएन, मेरो पिर मर्का र समस्याहरु सुनिदिने र सही सल्लाह दिने कोही थिएन तर मलाई हकार्ने, गाली गर्ने र निराश बनाउने मानिसहरु मात्र मेरा वरिपरी थिए ।
मैले त्यसबेला कुनै असल कुरा भेटेको थिइनँ । त्यो असल कुरा मैले मेरा बाबु आमा, दाजुभाई तथा आफन्तहरु र साथीहरु कसैसँग पनि भेटिनँ । त्यो समय सम्झदा मलाई अहिले पनि कहाली लागेर आउँछ ! मेरो संसार यति स्वार्थी र मतलबी थियो कि मेरो कुरा राम्ररी सुनिदिने मानिस समेत मैले पाउन सकेको थिइनँ । मेरो निम्ति कुनै आशा थिएन । मेरो स्वास्थ्यको मलाई आशा थिएन, मेरो बाबु आमाको मलाई कुनै आशा थिएन किनकि म उहाँहरुको बुढेसकालमा जन्मिएको आमापट्टिबाट साहिलो र बुबापट्टिबाट छैटौं छोरा थिएँ । उहाँहरुले मेरो निम्ति केही पनि गर्न सक्नुहुन्न भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मलाई मेरो पढाईको पनि आशा थिएन किनकि मेरो डिप्रेसनको छायाँमा मेरो पढाई बिग्रिएको थियो । मलाई मेरो सिपको पनि आशा थिएन किनकि निराशाको चरम समस्याले कुनै पनि सिप सिक्नको लागि म अयोग्य भएको थिए । मलाई मेरो बलको पनि आशा थिएन, जवान अवस्थामा नै मेरो बल घटिरहेको छ भनेर मैले थाहा पाएको थिए । मेरा दाजुभाईहरुको पनि मलाई कुनै आशा थिएन किनकि एउटा विकट गाउँका दाजुभाई जोहरुको कुनै राम्रो आम्दानी थिएन । मलाई कुनै जागिरको पनि आशा थिएन किनकि कुनै पनि जागिर खानको लागि म अयोग्य छु भनेर मेरो मनमा एउटा डरलाग्दो शत्रु बसेको थियो ।
मेरो बाबु आमाको निम्ति केही राम्रो काम गर्छ, वा पैसा कमाएर सुख दिन्छु भन्ने मेरो इच्छा थियो । तर ममा भएको निराशाको धमिराले ति सबै चाहनाहरुलाई खाइरहेको थियो । मेरा जीवनमा कुनै सुधार आउन सकेको थिएन । नता मेरो शारीरिक स्वास्थ्यमा कुनै सुधार आयो, न मानसिक स्वास्थ्यमा । यी दुबै स्वास्थ्य बिगैँदै जाँदा मेरो अवस्था त झनै डरलाग्दो हुन गयो । यहाँसम्मको भाँडा माझ्ने काम गर्नको निम्ति पनि म अयोग्य भएछु ।
केहीसिप नलागेपनि एउटा साथीको कोठमा शरण लिन पुगें । त्यसबेला ममा कान पाक्ने रोग थियो । रोगले मलाई झनै दुःख दिन थाल्यो । राती सुतेको बेलामा कहिले डरलाग्दो साँप आएर मलाई सपनामा बेस्सरी लखेट्थ्यो भने कहिले डरलाग्दो बाघ आएर मलाई लखेट्थ्यो । म आत्तिएर बिऊझन्थे । मेरो शरीरमा रोग थियो उपचार गर्ने पैसा थिएन । यसकारण मलाई यो संसारमा बाँच्ने कुनै चाहना भएन तर कसरी मर्न सकिन्छ होला भनेर म विचार गर्न थालें । अबको केही दिनमा आत्महत्या गर्नुपर्ला तर कस्तो प्रकारले आत्महत्या गर्ने त भनी म त्यसबोरमा बुझ्न थाले । आत्महत्या गरेका न्युजहरु पढ्न थाले र सजिलो प्रकारले मर्ने उपाए खोज्न थालेको बेलामा अचानक एकजना प्रचारकले येशूको बारेमा बताउँदाखेरी मैले उहाँलाई विश्वास गरेको हुँ ।
जब मैले येशूलाई विश्वास गरें तब ममा अचानक खुसीहरु फर्किएर आए । म हास्न सक्ने भएँ । ममा बाँच्ने रहर पलाएर आयो । अब त म पनि केही गर्न सक्छु भन्ने एउटा जोस जीवित भएर आयो । आत्महत्या गर्ने विचारलाई मैले त्यागें । यसैकारण म अहिलेसम्म जीवित छु र तपाईंहरुलाई मैले यो साक्षी दिएको हुँ । कसैले मेरो धर्म परिवर्तन गराएको होइन अथवा मैले कुनै धर्म परिवर्तन गरेको होइन तर मेरो जीवन मृत्युबाट जीवनमा सरेको मात्र हो, अन्धकारबाट ज्योतिमा सरेको मात्र हो, संसारबाट परमेश्वरमा फर्केको मात्र हो । मैले धर्म परिवर्तन गरेको होइन । साभार ः नयाँ अाशा.कम

उसकाे प्रभुले गर्भ राेकिदिएछ - डि पिटर बि के
सर्वप्रथम पिता,पुत्र,पवित्र अात्मालाई धन्यबाद।
मेराे छाेटाे जीवन गवाहि
येशू ख्रिष्टमाथि विस्वास गरि सकेपछि २०७०-७१ सालमा म र मेराे श्रीमति बच्चा जन्माउने याेजनामा थियाै १ बर्ष सम्म बच्चा भएन २०७१ माघ महिनासम्म जति अाैषधि खाए पनि गर्भ बसेन डाक्टरले कृतिम विधि अपनाउनु पर्छ तपाईंकाे सिधा सम्पर्कबाट बच्चा बस्न असम्भव छ भनि सुझाव दिए।त्यसपछि हामी फेरि अाँउछाै भनी कृतिम विधि नअपनाईकन घर तिर फर्कियाै त्याे समयमा मेराे अाखाँमा तलतल अाँसु काे ढिका खसे-साथमा श्रीमती पनि राेर्इन किनकि दुई बहिनी छाेरी पहिले येशू ख्रिष्टलाई बिस्वास नगर्दै जन्मेका थिए -कुनै त्यस्ताे कृतिम विधि अपनाउनु परेकाे थिएन हामी अतिनै दुखित भयाैं " प्रभु सँग गनगन गर्न थाल्याै" प्रभु हजुरलाई विस्वास गरेर पनि अाज किन याे अवस्था भयाे भनी धुरुधुरु रुयाैं - छिमेकी र नातेदारहरुले एक पछि अर्काे गर्दै कुरा काट्न लागे छाेरा पाउने अाशमा इसाई भएकाहरुकाे उसकाे प्रभुले गर्भ राेकिदिएछ अादि इत्यादि नकरात्मक कुरा हाम्राे कानमा गुन्जिन अाईपुग्थ्याे झन निराश हुन्थ्याेैं ।
प्रभु येशूकाे बचन मत्ति ७:७ पद र १८:१९ पद अनुसार प्राथनामा समय बितायाैँ- त्यसपछि माघ महिनामा नै मलेशिया जाने तयारी गरें -घरमा कुनै अायस्राेत थिएन-कुनै दिन चर्चमा भेटि हाल्ने पैसा समेत हुँदैन थियाे- काठ्माण्डाै अाएर मेडिकल जाँच गरे दायाँ काेखामा कालाे दाग भएकाे रिपाेर्ट अायाे अाैषधि लिएर घर फर्के- त्यहि समयमा गर्भ बसेकाे रहेछ हामीलाई थाहा भएन मनमा अनेक कुरा खेल्न लागे- दुई बहिनी छाेरी पाउन कुनै अाैषधि र कृतिम विधि अपनाउन परेन- दुई चाेटि विदेश गईसकेकाे व्यक्ति हुँ कुनै कालाे दाग देखिएन अाैषधि पनि खान परेकाे थिएन भनेर मेराे मन उकुस मुकुस भयाे???? अाफुले अाफैलाई धिक्कार्न लागे-[[[[याकूब 1:2-4 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।]]]याे वचन मेराे जीवनमा ठुलाे सान्त्वना दियाे -संगति जान बाईबल अध्यन गर्न,प्राथना गर्न छाडेकाे थिएन!! यतिधेरै दुख पिडाकाे समयमा मलेशियाकाे भिषा अायाे- फेरि काठ्माण्डाै अाएर मेडिकल जाँच गर्दा कालाे दाग उस्तै छ भन्याे- मेराे मनमा त जाँ चिन्ता नगर भन्ने अावाज अायाे-१ पत्रुस ५ काे ७ पद अनुसार पवित्र अात्मा बाेल्नुभयाे- अनि मैले एजेन्ट सँग सल्लाह गरे एजेन्टले भने -भाइ तपाईं जानू मलेशियामा पनि कालाे दाग देखायाे भने ३ महिना सम्म गरि नेपाली १५ हजार काट्छ । त्यसपछि मलेशिया जाने तयारीमा थिँए- घर फाेन गरेकाे श्रीमतीले मुस्कुराँउदै भनिन हाम्राे परमेश्वरले प्राथना सुन्नुभएछ- चिन्ता नगर्नु गर्भ रह्याे हिजाे सरकारी हस्पिटलमा गएर जाँच गराएकाे बच्चा छ भन्नुभयाे भनिन, अनि येशूलाई धन्यबाद दियाै???? म पनि खुशी हुँदै मलेशिया गँए उहाँ पुगेपछि काममा लागें- मेडिकल जाँच गर्याे -पहिलाे ,दाेस्राे,तेस्राे महिना बिति सक्याे पैसा काटेन चाैथाे महिना लाग्दा सम्म पैसा काटेन यसरि नै समय बित्दै गयाे -बच्चा पनि असल तरिकाले जन्म भयाे अाजभाेलि - म धेरै खुशि -छु- येशूकाे उपस्थिति महसुस गरिरहेकाे छु- साँच्चै परमेश्वरले हाम्राे र्इच्छा भन्दा पनि उहाँकाे ईच्छा अनुसार ठिक ठिक समयमा हाम्राे दुख पिडाकाे घाउमा मलम पत्ति लगाउनुहुँदाे रहेछ।
भजनसंग्रह ९१:१५ (परमप्रभु भन्नुहुन्छ) त्यसले मेरो पुकार गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।

Subscribe to:
Posts (Atom)
धन्य नेपाली ख्रीष्टीयान विश्वासी!
धन्य नेपाली ख्रीष्टीयान विश्वासी! तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल। तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष...
-
म एक इसाई हुँ अनि इसाईहरुले जबरजस्ती धर्म परिवर्तन गराए भनेर मेरा आफन्तहरु तथा चिनेजानेका साथीहरु मसँग प्रायः क्रोधित भइरहन्छन् । म छक्क परे...
-
माघ २६ गतेको नागरिक दैनिकमा प्रकाशित “चर्च निर्माण गर्दै स्थानीय सरकार” शिर्षकको समाचारले अल्पसंख्यक ख्रीष्टियन समुदायको अधिकारमाथि प्रश्न...
-
"सुनसान जंगलको बाटो जादै थिए...अचानक अनौठो किसिमको हो-हल्ला सुनें, केको हल्ला हो हेर्नुपर्यो भन्ने मनसायले म त्यहीँ आवाजलाई पैल्याउदै...